default_image

5 years ago

March 20, 2021

भारतलाई इंग्ल्यान्डविरुद्ध टि२० सिरिज

167 views

0 Bookmark

एजेन्सी – भारतले इंग्ल्यान्डविरुद्ध पाँच टि२० आई सिरिज ३–२ ले जितेको छ । शनिबार राती सम्पन्न अन्तिम तथा पाँचौं खेलमा इंग्ल्यान्डलाई ३६ रनले हराउँदै भारतले टि२० सिरिज ३–२ ले जित्न सफल भएको हो ।

जितको लागि २ सय २५ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । इंग्ल्यान्डका डेविड मलानले ४६ बलमा ९ चौका र २ छक्का सहित सर्वाधिक ६८ रनको योगदान दिए । ओपनर जस बटलरले ३४ बलमा २ चौका र ४ छक्का सहित ५२ रन बनाए । दोस्रो विकेटका लागि डेविड मलान र जस बटलरले १ सय ३० रनको उत्कृष्ट शतकीय साझेदारी गरेपनि त्यसपछिका ब्याट्सम्यान चल्न नसक्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो । बेन स्टोक्सले १४ र क्रिस जोर्डनले ११ रन बनाए । साम करन १४ रनमा अविजित रहे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका तीव्र गतिका बलर भुवनेश्वर कुमारले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । शादूल ठाकुरले ४ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । टि नटराजन र हार्दिक पान्ड्याले समान एक विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो ।भारतका कप्तान तथा ओपनर विराट कोहली ५२ बलमा ७ चौका र २ छक्का सहित ८० रनमा अविजित रहे । हार्दिक पान्ड्या १७ बलमा ४ चौका र २ छक्का सहित सहित ३९ रनमा अविजित रहे ।

रोहित शर्माले ३४ बलमा ४ चौका र ५ छक्का सहित ६४ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । भारतका ओपनर रोहित शर्मा र विराट कोहलीले ९ ओभरमा ९४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । नियमित ओपनर लोकेश राहुललाई बेन्चमा राख्दै कोहली आफैंले ओपनिङ गर्ने निर्णय लिएका थिए ।

बेन स्टोक्सले रोहितलाई बोल्ड आउट गर्दै इंग्ल्यान्डलाई पहिलो सफलता दिलाएका थिए । सूर्यकुमार यादवले १७ बलमा ३ चौका र २ छक्का सहित ३२ रनको योगदान दिए । दोस्रो विकेटका लागि कोहलीले सूर्यसँग ४९ रनको साझेदारी गरेका थिए ।

तेस्रो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ८१ रनको अविजित उत्कृष्ट साझेदारी गरेपछि विशाल योगफल तयार पारेको हो । इंग्ल्यान्डका बेन स्टोक्स र आदिल राशिद १–१ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा ५७ रन खर्चिदा विकेट लिन सकेनन् । मार्कवुडले ४ ओभरमा ५३ रन खर्चिदा विकेट विहिन बने ।

इंग्ल्यान्ड पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा इंग्ल्यान्ड ७ विकेटले पराजित भएको थियो । तेस्रो टि२० खेलमा ८ विकेटले विजयी भएको इंग्ल्यान्ड चौथो खेलमा ८ रनले पराजित भएको थियो । इंग्ल्यान्ड र भारतबीच थप तीन ओडिआई सिरिज पनि हुने छ । पहिलो खेल मंगलबार हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.