default_image

5 years ago

March 21, 2021

मलानको नयाँ विश्व कीर्तिमान

111 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका बायाँ हाते शीर्षक्रमका ब्याट्सम्यान डेविड मलानले टि२० आई क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । इंग्ल्यान्डबाट भारतविरुद्ध पाँचौं टि२० खेलको क्रममा शनिवार राती ६८ रन बनाउने क्रममा मलानले नयाँ कीर्तिमान कायम गरेका थिए ।

मलान टि२० आई क्रिकेटमा सर्वाधिक छिटो एक हजार रन पूरा गर्ने विश्वका ब्याट्सम्यान बनेका छन् । मलानले यस सफलता मात्र २४ इनिङमा हात पारेका हुन् । यसअघि टि२० आईमा सर्वाधिक छिटो एक हजार रन पूरा गर्ने कीर्तिमान पाकिस्तानका कप्तान बाबर आजमको नाममा थियो । बाबरले २६ इनिङमा यस सफलता हात पारेका थिए । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले २७, अष्ट्रेलिया कप्तान आरोन फिन्च र भारतीय ब्याट्सम्यान लोकेश राहुलले २९–२९ इनिङमा टि२० आईमा एक हजार रन पूरा गरेका थिए ।

अन्तिम खेलमा इंग्ल्यान्ड भारतसँग ३६ रनले पराजित हुँदै पाँच टि२० आई सिरिज ३–२ ले गुमाउन पुग्यो । पाँच टि२० आई सिरिजमा मलानले १ सय ४८ रन बनाए । ३३ वर्षिय मलानले टि२० आईमा २०१७ मा डेब्यू गरेका थिए । मलानले २४ खेलमा १ शतक र १० अर्धशतक सहित एक हजार ३ रन बनाई सकेका छन् । उत्कृष्ट प्रर्दशन १ सय ३ रन अविजित छ । मलानले अप्रिल ९ देखि सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) पन्जाब किंग्सबाट खेल्ने छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.