default_image

5 years ago

March 21, 2021

ललितपुर मेयर महिला टि२० चैत्र अन्तिम सातामा

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ को विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

ललितपुर महानगरपालिकाले एक पत्रकार सम्मलेन गर्दै पुरस्कार राशी र खेल हुने मिति सार्वजनिक गरेको हो । विजेताले ३ लाख र उप विजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट ब्याटर र बलरले समान १५–१५ हजार प्राप्त गर्ने छन् । ‘प्लेयर अफ द म्याच’ ले ३ हजार प्राप्त गर्ने छन् । प्रतियोगिता चैत्र २१ देखि २८ गते सम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

मेयर कप आयोजना गर्न क्यानलाई ललितपुरले २० लाख रुपैयाँ प्राप्त गर्ने छ। ललितपुर मेयर कप ५ टोली हुने छन् । प्रतियोगितामा गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता सेमिफाइनलमा पुगेका चार टोलीहरु प्रदेश एक, नेपाल एपिएफ क्लब, सुदूरपश्चिम र लुम्बिनी प्रदेशसँगै ललितपुर महानगरको एउटा टोली बन्नेछ ।

ललितपुर मेयर ११ टोलीमा समूह चरणबाटै बाहिरिएका प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशबाट खेल्दै उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरु छनोट गरि टोली निर्माण हुने छ । पुषमा भएको प्रधानमन्त्री महिला कपको फाइनलमा विभागीय टोली एपिएफलाई ६ रनले हराउँदै प्रदेश नम्बर एक इतिहासमा पहिलो पटक राष्ट्रिय च्याम्पियन बनेको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.