5 years ago
March 21, 2021
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भारतीय क्रिकेट टोलीलाई ठूलो जरिवना लगाएको छ । आइसिसीले इंग्ल्यान्डविरुद्ध पाँचौं टि२० आई खेलमा ‘स्लो ओभर’ रेटको कारण ४० प्रतिशत ‘म्याच फि’ रकम जरिवना लगाएको छ ।

विराट कोहलीको कप्तानीमा रहेको भारतले निर्धारित समय भन्दा दुई ओभर ढिला बलिङ गरेपछि ४० प्रतिशत म्याचमा फि जरिवना लगाएको आइसिसीले जनाएको छ । आइसिसीको नियम अनुसार कुनैपनि एक टोलीले निर्धारित समय भन्दा एक ओभर बलिङ ढिला गरेको खण्डमा २० प्रतिशत जरिवना लाग्ने गर्दछ ।
कोहलीले आफ्नो गल्ती स्वीकार गरेका छन् । पाँच टि२० आई सिरिजमा विराटको कप्तानीमा रहेको भारत दोस्रो पटक जरिवनामा परेको हो । दोस्रो टि२० खेलमा भारतलाई ‘स्लो ओभर’ रेटको कारण २० प्रतिशत जरिवना लागेको थियो ।
पाँच टि२० आई सिरिज भारतले ३–२ ले जितेको थियो । अन्तिम खेलमा भारतले इंग्ल्यान्डलाई ३६ रनले हराउँदै सिरिज जितेको थियो । इंग्ल्यान्ड पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा इंग्ल्यान्ड ७ विकेटले पराजित भएको थियो ।
तेस्रो टि२० खेलमा ८ विकेटले विजयी भएको इंग्ल्यान्ड चौथो खेलमा ८ रनले पराजित भएको थियो । इंग्ल्यान्ड र भारतबीच थप तीन ओडिआई सिरिज पनि हुने छ । पहिलो खेल मंगलबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]