default_image

5 years ago

March 21, 2021

श्रीलंकालाई हराउँदै भारत च्याम्पियन

182 views

0 Bookmark

एजेन्सी – भारत लेजेन्ड्सले रोड सेफ्टी विश्व टि२० सिरिजको फाइनलमा श्रीलंका लेजेन्ड्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतले श्रीलंकालाई पराजित गर्दै रोड सेफ्टीको च्याम्पियन बनेको हो ।

जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । श्रीलंका सनथ जयसूर्याले ३५ बलमा ५ चौका र १ छक्का सहित ४३ रनको योगदान दिए । कौशल्या वीरत्ने १५ बलमा ३ चौका र ३ छक्का सहित ३८ रन बनाए ।

तिलकरत्ने दिलशान २१ र उपुल थरंगा १३ रनमा आउट भए । चिन्थाक जयसिंघे ३० बलमा १ चौका र २ छक्का सहित ४० रन बनाए । भारतका दुई दाजुभाई इरफान र युसुफ पठानले २–२ विकेट लिए । मुनाफ पटेल र मनाप्रीत गोनेले १–१ विकेट लिए ।

त्यसअघि सहिद वीर नारायण सिंह इन्टरनेशल स्टेडियम रायपुरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । भारतका युवराज सिंह ४१ बलमा ४ चौका र ४ छक्का सहित ६० रन बनाए । युसुफ पठानले ३६ बलमा ४ चौका र ५ छक्का सहित ६२ रनमा अविजित रहे । कप्तान सचिन तेन्दुलकर ३०, विरेन्द्र सहवाग १० र एस बद्रिनाथ ७ रनमा आउट भए । श्रीलंका रंगना हेराथ, जयसूर्या, महरुफ १–१ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.