default_image

5 years ago

March 22, 2021

क्रिकेटर जितेन्द्र अब सेकेन्ड लेफ्टिनेन्ट

321 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटका युवा ब्याट्सम्यान जितेन्द्रसिंह ठकुरीले नेपाली सेनाको सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) मा नाम निकालेका छन् । सोमबार प्रकाशित नतिजामा परिक्षाको सबै प्रक्रिया पूरा गरेका जितेन्द्रको नाम रहेको छ ।

जितेन्द्रले हाम्रो खेलकुदसँग कुराकानी गर्दै सोमबार साँझ नाम निस्किएको पुष्टि गरे । गत वर्ष चैतमा प्रक्रिया सुरु गरेपनि कोरोना महामारीको कारण अहिले नतिजा आएको जितेन्द्रले जानकारी दिए ।

नेपालको यू-१९ टोलीबाट खेलेका ओपनर जितेन्द्रले दोस्रो संस्करणको प्रधानमन्त्री कप २०१८ मा तत्कालिन बागमती प्रदेशको कप्तानी गरेका थिए । पुर्ख्यौली घर सुर्खेत भएका जितेन्द्र सानैदेखि काठमाडौंबाट क्रिकेट खेल्दै आएका थिए । सन् २०१७ मा उनले नेपालबाट यू१९ एसिया कप खेलेका थिए ।

एसिया कपमा नेपालले भारतलाई १९ रनले हराउँदै ऐतिहासिक जित निकाल्दा जितेन्द्रले ओपनिङ गर्दै ३६ रनको महत्वपूर्ण योगदान दिएका थिए । जितेन्द्रले पछिल्लो समय गतवर्ष सुनसरीको इनरुवामा सम्पन्न मनमोहन मेमोरियल एकदिवसिय क्रिकेट प्रतियोगिता बागमती प्रदेशबाट खेलेका थिए । गत माघमा सम्पन्न प्रधानमन्त्री कपपछि उनले यसैमा बढी केन्द्रित भएको हुँदा नखेलेको बताउँछन् ।

जितेन्द्रले पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) विराटनगर टाइटन्सबाट खेलेका थिए । धनगढी प्रिमियर लिगको सुरुवाती दुई संस्करण काठमाडौं गोल्डेन्सबाट खेलेका थिए । तेस्रो संस्करणको डिपिएल सिवाईसी अत्तरियाबाट खेल्दै च्याम्पियन बनेका थिए । ओपनिङ ब्याटिङ गर्ने जितेन्द्रले स्पिन बलिङ पनि गर्ने गर्दछन् ।

‘परिक्षाको सम्पूर्ण प्रक्रिया सकिएको छ । आज नाम निस्केको हो । १६ गते पहिलो रिपोर्टिङ छ अनि त्यसपछि तालिममा कहिले जाने थाहा हुन्छ’, जितेन्द्रले भने । जितेन्द्रले अब सैनिक प्रशिक्षण अवधिभर भने क्रिकेटलाई धेरै मिस गर्ने बताए । यद्यपि आर्मीबाटै क्रिकेट खेल्ने अवसर पाउने सम्भावना रहेकाले त्यसमा खुसी रहेको उनले बताए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.