default_image

5 years ago

March 23, 2021

मुख्य प्रशिक्षक ह्वाटमोर सातै प्रदेश जादैं

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर बुधबारदेखि सातै प्रदेश जादैं छन् ।
नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रममा ह्वाटमोर सातै प्रदेशका प्रशिक्षक र खेलाडीलाई हेर्न जान लागेका हुन् । ह्वाटमोरको सातै प्रदेशको कार्यक्रम यात्राको सुरुवात बुधबारबाट प्रदेश १ बाट सुरु हुनेछ ।

क्यानका म्यानेजर तथा नेपाली क्रिकेटका पूर्व कप्तान विनोद दासले प्रदेश प्रशिक्षक विकास र स्थानीय खेलाडीलाई हेर्न सातै प्रदेश जान लागेको बताए । ‘एक प्रदेशमा बढीमा ४ दिन बस्ने छन् । दुई दिन त्यहाँका प्रशिक्षकसँग कुराकानी गर्नुको साथै जानकारी लिन गर्ने छन् । दुई दिन खेलाडीसँग सेसन हुने छ । खास गरेर नयाँ खेलाडी बारे बुझ्ने छन् । खास गरेर यो लेभन, वान, टु र थ्री लगायतका सबै प्रदेशका प्रशिक्षकलाई एजुकेट गर्ने कार्यक्रम हो’, दासले भने ।

ह्वाटमोरको भ्रमणको मुख्य उद्देश्य प्रशिक्षकको विकास कार्यक्रम हो । त्योसँगै प्रदेशमा गएको बेला स्थानीय प्रतिभालाई पनि हेर्ने बताइएको छ । प्रतिभावान खेलाडी भ्रमणका क्रममा देखिएमा त्यस्ता खेलाडी प्रशिक्षकको नजरमा पर्ने सम्भावना रहेको पनि जनाइएको छ ।

ह्वाटमोर गत माघमा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय प्रतियोगिता भएको बेला नेपाल आइपुगेका थिए । नेपालले फागुनमा कतार भ्रमण र चैतमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान भ्रमणको लागि खेलाडी बन्द प्रशिक्षणमा बोलाएको थियो ।

प्रधानमन्त्री कपको प्रर्दशनलाई आधार मान्दै प्रशिक्षणमा बोलाए पनि प्रशिक्षण सुरु नहुँदै कतार भ्रमण स्थगित भएको थियो । ह्वाटमोरले पहिलो चरणमा एक हप्ता र दोस्रो चरणमा दुई हप्ता प्रशिक्षण दिएपछि ओमान भ्रमण स्थगित भएको थियो । ओमान भ्रमण स्थगित भएसँगै नेपालको तत्काल कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता कार्यक्रम छैन । त्यसैले ह्वाटमोर घरेलु प्रतियोगिता र प्रशिक्षणमा केहि समय ब्यस्त हुने छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.