default_image

5 years ago

March 23, 2021

दाईलाई भाईको डेब्यू क्याप!

173 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका युवा तीव्र गतिका बलर प्रसिद्ध कृष्णा र स्पिन अलराउन्डर क्रुनाल पान्ड्याले इंग्ल्यान्डविरुद्ध ओडिआई खेलमा डेब्यू गरेका छन् । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

युवा तीव्र गतिका बलर प्रसिद्ध कृष्णा र स्पिन अलराउन्डर क्रुनाल पान्ड्याले डेब्यू गरेका छन् । कृष्णाले भारतीय टोलीमा पहिलो खेल खेल्दै छन् । भारतीय टोलीबाट खेलि सकेका क्रुनालले ओडिआईमा डेब्यू गरेका हुन् । क्रुनाललाई आफ्ना भाई हार्दिक पान्ड्याले डेब्यू क्याप दिएका थिए । हार्दिक भारतीय क्रिकेट टोलीका प्रमुख सदस्य हुन् । कृष्णा र क्रुनालले भारतको घरेलु क्रिकेट विजय हजारे ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

भारतले पहिलो ओडिआई खेलमा युवा विकेटकिपर ऋषभ पन्तलाई प्लेइङ–११ बाहिर राखेको छ । स्पिनर कुलदीप यादव पनि ओडिआई टोलीमा फर्किएका छन् । ओडिआई खेलमा इंग्ल्यान्डका मोईन अली, साम बिलिंग्स र टम करण फर्किका छन् ।

इंग्ल्यान्डको प्लेइङ ११ : जेसन रोय, जोनी बेयरस्टो, ओईन मोर्गन (कप्तान), जस बटलर (विकेटकिपर), बेन स्टोक्स, साम बिलिंग्स, मोईन अली, साम करण, टम करण, आदिल राशिद र मार्कवुड ।

भारतको प्लेइङ ११ : रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), लोकेश राहुल (विकेटकिपर), श्रेयस ऐर, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, शार्दूल ठाकुर, भुवनेश्वर कुमार, कुलदीप यादव र प्रसिद्ध कृष्णा

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.