5 years ago
March 23, 2021
एजेन्सी – कप्तान टम लाथमको सानदार शतकको सहयोगमा न्युजिल्यान्डले दोस्रो ओडिआई खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै एक खेल अगावै सिरिज जितेको छ । तीन ओडिआई सिरिजमा न्युजिल्यान्डले एक खेल अगावै २–० ले जितेको हो ।

जितको लागि २ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नियमित कप्तान केन विलियम्सन चोटका कारण अनुपस्थीति हुँदा यस सिरिजमा कप्तानी गरि रहेका विकेटकिपर टम लाथमले १ सय ८ बलमा १० चौका सहित १ सय १० रनको अविजित उत्कृष्ट शतकीय विजयी इनिङ खेले । लाथमको यो ओडिआई करिअरको पाँचौं शतक हो । देभन कन्वे ९३ बलमा ७ चौका सहित ७२ रनमा रन आउट भए ।
एक सयम ५३–३ को कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डलाई चौथो विकेटका लागि टम लाथम र देभन कन्वेले १ सय ४३ बलमा १ सय १३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । जेम्स निशम ३०, हेनरी निकोल्स १३ र मार्टिन गुप्टिल २० रनमा आउट भए । बंगलादेशका मेहदी हसन र मुस्ताफिजुर रहमानले २–२ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७१ रन बनाएको थियो । बंगलादेशका कप्तान तमिम इकबालले १ सय ८ बलम ११ चौका सहित सर्वाधिक ७८ रन बनाए । मोहम्मद मिथुनले ५७ बलमा ६ चौका र २ छक्का सहित ७३ रनमा अविजित रहे । सौम्य सरकार ३२ र मुश्फिकुर रहिम ३४ रनमा आउट भए ।
न्युजिल्यान्डका मिचेल सान्टनारले सर्वाधिक २ विकेट लिए । काइल जामिसन, म्याट हेनरी र ट्रेन्ट बोल्टले १–१ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल शुक्रबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]