default_image

3 years ago

March 28, 2021

बंगलादेशलाई न्युजिल्यान्डको विशाल लक्ष्य

एजेन्सी – शीर्षक्रमका विकेटकिपर ब्याट्सम्यान देभन कन्वेको उत्कृष्ट ब्याटिङको सहयोगमा न्युजिल्यान्डले पहिलो टि२० आई खेलमा बंगलादेशलाई २ सय ११ रनको विशाल लक्ष्य दिएको छ । आइतबार विहान ह्यामिल्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १० रन बनायो । न्युजिल्यान्डका देभन कन्वे ५२ बलमा ११ चौका र ३ […]

91 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका विकेटकिपर ब्याट्सम्यान देभन कन्वेको उत्कृष्ट ब्याटिङको सहयोगमा न्युजिल्यान्डले पहिलो टि२० आई खेलमा बंगलादेशलाई २ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।

आइतबार विहान ह्यामिल्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १० रन बनायो । न्युजिल्यान्डका देभन कन्वे ५२ बलमा ११ चौका र ३ छक्का सहित ९२ रनमा अविजित रहे । डेब्यू खेल खेलेका विल योंगले ३० बलमा २ चौका र ४ छक्का सहित ५३ रनको अर्धशतकीय इनिङ खेले ।


डेब्यू खेल खेलेका अर्का युवा ओपनर फिन एलेनलाई पहिलो ओभरको अन्तिम बलमा नसुम अहमदले शून्यमा बोल्ड आउट गरेका थिए । ओपनर मार्टिन गुप्टिलले २७ बलमा ३ चौका र २ छक्का सहित ३५ रनमा क्याच आउट हुन पुगे । तेस्रो विकेटका लागि कन्वे र याेंगले ६० बलमा १ सय ५ रनको शतकीय साझेदारी गरेका थिए । त्यसअघि कन्वेले दोस्रो विकेटका लागि मार्टिन गुप्टिलसँग मिलेर ३८ बलमा ५२ रनको साझेदारी गरेका थिए ।


ग्लेन फिलिप्स १० बलमा ३ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । चौथो विकेटका लागि कन्वे र फिलिप्सले २० बलमा ५२ रनको अविजित साझेदारी गरे । बंगलादेशका नसुम अहमदले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । मेहेदी हसनको नाममा १ विकेट रह्यो ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.