5 years ago
March 28, 2021
एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान देभन कन्वे र स्पिनर ईस सोधीको उच्च प्रदर्शनमा न्युजिल्यान्डले पहिलो टि२० आई खेलमा बंगलादेशलाई ६६ रनले पराजित गरेको छ ।

आइतबार विहान सम्पन्न पहिलो खेलमा न्युजिल्यान्डले सहज जित निकाल्दै तीन टि२० आई सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । बंगलादेशका अफिफ हुसेनले ३३ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिए ।
मोहम्मद सैफुद्दिन ३४ बलमा ३ चौका र १ छक्का सहित ३४ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर मोहम्मद नईम २७, लिटन दास ४, सौम्य सरकार ५, मोहम्मद मिथुन ४ र कप्तान महमुदूल्लाह ११ रनमा आउट भए । न्युजिल्यान्डका ओपनर ईस सोधीले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । ल्योकी फर्गुसनले २, हमिश बेनेट र टिम साउथीले १–१ विकेट लिए ।
त्यसअघि आइतबार विहान ह्यामिल्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । न्युजिल्यान्डका देभन कन्वे ५२ बलमा ११ चौका र ३ छक्का सहित ९२ रनमा अविजित रहेका थिए । डेब्यू खेल खेलेका विल योंगले ३० बलमा २ चौका र ४ छक्का सहित ५३ रनको अर्धशतकीय इनिङ खेले ।

डेब्यू खेल खेलेका अर्का युवा ओपनर फिन एलेनलाई पहिलो ओभरको अन्तिम बलमा नसुम अहमदले शून्यमा बोल्ड आउट गरेका थिए । ओपनर मार्टिन गुप्टिलले २७ बलमा ३ चौका र २ छक्का सहित ३५ रनमा क्याच आउट हुन पुगे । तेस्रो विकेटका लागि कन्वे र योंगले ६० बलमा १ सय ५ रनको शतकीय साझेदारी गरेका थिए । त्यसअघि कन्वेले दोस्रो विकेटका लागि मार्टिन गुप्टिलसँग मिलेर ३८ बलमा ५२ रनको साझेदारी गरेका थिए ।
ग्लेन फिलिप्स १० बलमा ३ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । चौथो विकेटका लागि कन्वे र फिलिप्सले २० बलमा ५२ रनको अविजित साझेदारी गरे । बंगलादेशका नसुम अहमदले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । मेहेदी हसनको नाममा १ विकेट रह्यो ।
दोस्रो खेल मंगलबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]