default_image

5 years ago

March 28, 2021

भारतविरुद्ध पहिला बलिङ गर्दै इंग्ल्यान्ड

111 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले भारतविरुद्ध तीन ओडिआई खेलको सिरिज अन्तर्गत तेस्रो तथा निर्णायक खेलमा पहिला बलिङ गर्ने भएको छ । महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा इंग्ल्यान्डका कप्तान जस बटलरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

तीन ओडिआई सिरिजमा सुरुवाती दुई खेल सकिँदा १–१ को बराबरी अवस्थामा छ । भारत पहिलो खेलमा ६६ रनले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । इंग्ल्यान्डले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर टम करणको स्थानमा मार्कवुडलाई मैदान उतारेको छ । भारतले टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर कुलदीप यादवको स्थानमा तीव्र गतिका बलर टि नटराजनलाई मौका दिएको छ ।

इंग्ल्यान्डले दोस्रो ओडिआई जित्नेक्रममा ३ सय ३७ रनको विजयी लक्ष्य ४३.३ ओभरमा ४ विकेट गुमाउँदै सहजै पूरा गरेको थियो । जसक्रममा ओपनर जोनी बेयरस्टोले १ सय २४ र बेन स्टोक्सले ९९ रनको उत्कृष्ट इनिङ खेलेका थिए । पछिल्ला पाँच ओडिआईमा भारत ४ खेलमा पराजित हुँदा एक खेलमा विजयी भएको छ ।

इंग्ल्यान्डको प्लेइङ ११ : जेसन रोय, जोनी बेयरस्टो, लियाम लिभिङस्टोन, जस बटलर (विकेटकिपर/कप्तान) बेन स्टोक्स, डेविड मलान, मोईन अली, साम करण, मार्कवुड, आदिल राशिद र रिसी टोपली ।

भारतको प्लेइङ ११ : रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), लोकेश राहुल ऋषभ पन्त(विकेटकिपर), हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, शार्दूल ठाकुर, भुवनेश्वर कुमार, टि नटराजन र प्रसिद्ध कृष्णा ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.