5 years ago
March 28, 2021
एजेन्सी – ओपनर शिखर धवन, विकेटकिपर ऋषभ पन्त र अलराउन्डर हार्दिक पान्ड्याको अर्धशतकको सहयोगमा भारतले तेस्रो तथा निर्णायक ओडिआई खेलमा इंग्ल्यान्डलाई ३ सय ३० रनको बलियो लक्ष्य दिएको छ ।

महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४८.२ ओभरमा ३ सय २९ रनमा अल आउट भयो । भारतका विकेटकिपर ऋषभ पन्तले सर्वाधिक ७८ रन बनाए ।
भारतलाई ओपनर शिखर धवन र रोहित शर्माले पहिलो विकेटका लागि १४.४ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आदिल राशिदले रोहितलाई ३७ रनमा बोल्ड आउट गर्दै इंग्ल्यान्डलाई पहिलो सफलता दिलाए । रोहितले ३७ बलमा ६ चौका प्रहार गरे ।

राशिदलेनै १७ औं ओभरको चौथो बलमा शिखरलाई ६७ रनमा कट एण्ड बोल्ड आउट इंग्ल्यान्डलाई दोस्रो सफलता दिलाएका थिए । शिखरले ५६ बलमा १० चौका प्रहार गरे । एक ओभरपछि अर्थात १८ औं ओभरको चौथो बलमा कप्तान विराट कोहलीलाई स्पिनर मोईन अलीले ७ रनमा बोल्ड आउट गरेपछि इंग्ल्यान्ड खेलमा फर्किने संकेत देखाएको थियो । पार्टटाइम स्पिनर लियाम लिभिङस्टोनले लोकेश राहुललाई ७ रनमा मोईन अलीबाट उत्कृष्ट क्याच आउट गराउँदा भारत १५७–४ को अवस्थामा पुगेको थियो । तर पाँचौं विकेटका लागि हार्दिक पान्ड्या र ऋषभ पन्तले ७३ बलमा ९९ रनको साझेदारी गर्दै भारतलाई बलियो अवस्थामा पुर्याएका थिए ।

३६ औं ओभरको अन्तिम बलमा साम करणले ऋषभ पन्तलाई जस बटलरबाट ७८ रनमा क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । ऋषभले ६२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ३९ औं ओभरको अन्तिम बलमा बेन स्टोक्सले हार्दिक पान्ड्यालाई ६४ रनमा बोल्ड आउट गरे । हार्दिकले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । तल्लोक्रमका शार्दूल ठाकुरले २१ बलमा १ चौका र ३ छक्का सहित ३० रन जोड्दै भारतलाई बलियो योगफलमा पुर्याए । कु्रनाल पान्ड्या २५ रनमा आउट भए । भारतले अन्तिम ४ विकेट ८ रन जोड्न गुमाएको थियो ।
स्पिनर आदिल राशिदले १० ओभरमा ८१ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर मार्कवुडले ७ ओभरमा १ मेडन सहित ३४ रन खर्चेर ३ विकेट लिए । स्पिनर मोईन अली, लियाम लिभिङस्टोन, मार्कवुड, साम करण, रिसी टोपली र बेन स्टोक्सले १–१ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]