default_image

5 years ago

March 29, 2021

थिसारा परेराले हाने ६ बलमा ६ छक्का

170 views

0 Bookmark

एजेन्सी – श्रीलंका अलराउन्डर थिसारा परेराले श्रीलंका मेजर क्लब लिमिटेड ओभर टुनामेन्टमा एकै ओभरमा ६ बलमा छक्का प्रहार गरेका छन् । आइतबार सम्पन्न लिष्ट ए खेलमा परेराले श्रीलंका आर्मी स्पोटर््स क्लबबाट ब्लूमफील्ड क्रिकेट एण्ड एथलेटिक क्लबविरुद्ध ६ बलमा छक्का प्रहार गरेका हुन् ।

आर्मी ग्राउन्ड पनागोडामा टस जितेर पहिला ब्याटिङ थालेको आर्मी स्पोटर््स क्लबले ४१ ओभरमा ३ विकेट गुमाउँदै ३ सय १८ रन बनाएको थियो । पाँचौं नम्बरमा २० बल बाँकी रहँदा थिसेरा परेरा ब्याटिङको लागि मैदान छिरेका थिए । लिष्ट ए क्रिकेटमा १३ बलमा बनेको सर्वाधिक छिटो दोस्रो अर्धशतक हो । सन् २००५ मा कौशल्या वीरत्नेले १२ बलमा लिष्ट ए मा अर्धशतक पूरा गरेका थिए ।

जसक्रममा थिसेरा परेराले १३ बलमा ८ छक्का सहित ५२ रनमा अविजित रहे । परेराले ४१ औं ओभरमा स्पिनर दिलन कोरेलाई लगातार ६ बलमा ६ छक्का प्रहार गरेका थिए । ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो श्रीलंका खेलाडी समेत बनेका छन् । आर्मीका ओपनर अशान रंडिकाले १ सय १६ बलमा ७ चौका र ८ छक्का सहित १ सय २४ रनको शतकीय इनिङ खेले । हिमाशा लियायन्जले ९३ बलमा ७ चौका र ३ छक्का सहित १ सय १ रनमा अविजित रहे ।

टि२० आई क्रिकेटमा सर्वाधिक पहिला सन् २००७ मा भारतीय क्रिकेटका अलराउन्डर युवराज सिंहले इंग्ल्यान्डविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका थिए । युवराजले स्टुअर्ट ब्रोडलाई ६ बलमा ६ छक्का प्रहार गरेका थिए । केहि साता अघि वेस्टइन्डिजका अलराउन्डर काइरन पोलार्डले श्रीलंकाविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका थिए । पोलार्डले स्पिनर अकिला धनञ्जयलाई प्रहार गरेका थिए ।

त्यस्तै गारफील्ड सोबर्स, रवि शास्त्री, हर्शल गिब्स, रस व्हाइटली, हज्रातुल्ला जाजाई, लियो कार्टरले पनि ६ बलमा ६ छक्का प्रहार गरेका छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.