5 years ago
March 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सोमबारदेखि सुरु भएको चौथो संस्करण नेक्सस कप सिजन–४ यू१६ क्रिकेटप्रतियोगीतामा काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसिटिसी) र वालुवाटार क्रिकेट क्लब काठमाडौंले विजयी सुरुवात गरेका छन् ।
पहिलो खेल आयोजक नेक्सस क्रिकेट एकेडेमी बी लाइ १ सय ८९ रनको फराकिलो अन्तरले पराजित गर्दै केसिटिसी विजयी सुरुवात गरेको थियो । अर्को खेलमा वालुवाटारले एन्जल स्पोटर्स एकेडेमीलाई १८ रनले पराजित गर्यो ।

पहिलो खेलमा टस हारेर ब्यटिङ को निम्तो पाएको केसिटिसीले २० ओभर १ विकेटको क्षतिमा २ सय ६६ रन बनाएको थियो । जुन नेक्सस कपको हाल सम्मकै उच्च योगफल हो । केसिटिसिका ब्याट्सम्यान दीपक डुम्रेले ७४ बलमा १५ छक्का र १४ चौका सहित १ सय ८२ रनको उत्कृष्ट शतकीय इनिङ हो । जुन नेक्सस कपको हाल सम्मकै उच्च ब्यक्तिगत स्कोर पर्दछ । अर्का ब्याटसम्यान समिर वलीले ९ चौका १ छक्का को मद्दतले ४३ बलमा ५३ रन बनाएका थिए । नेक्सस बी का सुमन गिरीले १ विकेट लिएका थिए ।
जितका लागि २ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको नेक्सस बी १६.२ ओभरमा ७७ रनमा अल आउट भयो । नेक्सस बी का ब्याट्सम्यान बिबेक न्यौपाने ले २८ रन र दिब्य भुषालले १८ रन बनाउदा अन्य बट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । दीपक डुम्रे ले ४ र सबिन थापाले २ विकेट लिए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको वालुवाटार क्रिकेट क्लबले निर्धारित १६.३ ओभरमा ९८ रनमा अल आउट भएको थियो । वालुवाटारका निकेश गुप्ताले १९ रन र निकेश थापाले १७ रन बनाए । ४३ रन एक्स्ट्रा पाएको थियो । एन्जल स्पोटर्सका युवराज खत्री, अजय कुवँर, बरुन गौतम र बिपिन न्यौपानेले २÷२ विकेट लिए ।
९९ रनको विजयी लक्ष्य पछ्याएको एन्जल स्पोटर्सले १६.१ ओभरमा ८० रनमा अल आउट भयो । रोजल राउतले २४ रन र पवन रायले २२ बनाएका थिए । अमोङ पौडेलले ४ ओभर बलिङ गर्दै ११ रन खर्चैर ४ विकेट लिए । निकेश गुप्ताले ३ र हृदय गिरीले २ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]