default_image

5 years ago

March 30, 2021

फिलिप्सको अर्धशतकमा बंगलादेशलाई बलियो लक्ष्य

90 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान ग्लेन फिलिप्सको अर्धशतकको सहयोगमा न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा बंगलादेशलाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय ७० रनको लक्ष्य दिएको छ ।

नेपियरमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले १७.५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । डकवर्थ लेविस पद्धतीको आधारमा बंगलादेशले १६ ओभरमा जितको लागि १ सय ७० रन बनाउनु पर्ने भएको छ । न्युजिल्यान्डका ग्लेन फिलिप्स ३१ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ५८ रनमा अविजित रहे । तल्लोक्रममा ड्र्याल मिचेल १६ बलमा ६ चौका सहित ३४ रनमा अविजित रहे । छैटौं विकेटका लागि मिचेल र फिलिप्सले २७ बलमा ६२ रनको अविजित उत्कृष्ट साझेदारी गरेका थिए ।

न्युजिल्यान्डलाई ओपनर फिन एलेन र मार्टिन गुप्टिलले ४ ओभरमा ३६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । एलेन तीव्र गतिका बलर तस्किन अहमदको बलमा मोहम्मद नईमबाट १७ रनमा क्याच आउट हुन पुगे । एलेनले १० बलमा २ चौका र १ छक्का प्रहार गरे ।
छैटौं ओभरको अन्तिम बलमा मोहम्मद सैफुद्दिनले गुप्टिललाई २१ रनमा तस्किन अहमदबाट क्याच गराउँदै दोस्रो सफलता दिलाए । गुप्टिलले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । विकेटकिपर देभन कन्वे १५ र विल याेंग १४ रनमा आउट भए ।


बंगलादेशका स्पिनर मेहदी हसनले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । मोहम्मद सैफुद्दिन, तस्किन अहमद र शोरिफुल इस्लामले १–१ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.