5 years ago
March 30, 2021
काठमाडौं – चौथो संस्करणको नेक्सस कप यू१६ टि२० क्रिकेट प्रतियोगिता दोस्रो दिन मंगलबार आयोजक नेक्सस क्रिकेट एकेडेमी ए (एनसिए) र वाइ वाइ ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसिए) ले विजयी भएका छन् ।

एनसिए ए ले हिमालय क्रिकेट एकेडेमी लाई १० रनले पराजित गरेको थियो । दास्रो खेलमा जिएचसिएले ओसिस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो । पहिलो खेलमा टस जितेर ब्यटिङ रोजेको एनसिए ए १७.५ ओेभरमा ८६ रनमा अल आउट भएको थियो । नरेन भट्टले २३ बलमा १ छक्का र ५ चौका प्रहार गर्दै ३३ रन बनाए । गोबिन्द बिष्ट र भुपेन्द्र आचार्यले समान १०–१० रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । सन्तोस के.सी ले ४ ओभर बलिङ गर्दै १२ रन खर्चिदै ३ विकेट लिए । दीपक बोहोरा र केशब भट्टराई ले समान २ विकेट लिए । जितको लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको हिमालयन १७.३ ओभरमा ७६ रनमा अल आउट भयो । दीपक बोहोराले ३९ रन र सन्दीप शाहीले १३ रन बनाउदा अन्यले दोहोरो अंकमा बनाउन सकेनन ।

गोविन्द बिष्टले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । समिर बिष्ट र पप्पु राय ले समान २ विकेट लिए । खेलको म्यान अफ द म्याच नेक्ससका नरेन भट्ट घोषित भएका थिए । दिनको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको जिएचसिएले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । रन्जित यादवले ४२ बलमा १ छक्का ७ चौका सहित ५१ बनाए । अभय घर्तीले २१ रन र निस्चय थापाले १५ रन जोडे । राज श्रेष्ठ, बिशाल सेवा, अभिजित सुनार र रोशन पराजुलीले २–२ विकेट लिए ।
जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको ओसिस क्रिकेट एकेडेमीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । सम्राट भुषालले ५२ बलमा ७ चौकाको सहयोगमा ५४ रन बनाए । भुपाल दंगालले ४३ बलमा ३४ रन बनाए । पुरन थापाले ३ विकेट र सुरज रावलले १ बिकेट लिएका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]