default_image

5 years ago

March 31, 2021

ऋतुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी पूर्व कप्तान ऋतु कनोजियाको कप्तानीमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ प्रतियोगिताको लागि १४ सदस्य टोली घोषणा गरेको छ ।

ललितपुर मेयर महिला च्याम्पियनसिप चैत २१ देखि २८ सम्म टियु मैदानमा हुँदै छ । गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा सेमिफाइनलमा पुगेका प्रदेश १, नेपाल एपिएफ क्लब, लुम्बिनी प्रदेश, सुदूरपश्चिमसँगै ललितपुर मेयर–११ गरि पाँच टोली छन् । प्रधानमन्त्री कपमा सहभागिता जनाएका प्रदेश–२, बागमती, गण्डकी र कर्णालीका खेलाडीको प्रदर्शनलाई आधार मान्दै मेयर–११ को टोली बनाईएको छ । सुदूरपश्चिमले कप्तानी परिवर्तन गरेपनि खेलाडी भने प्रधानमन्त्री कपकोलाईनै निरन्तरता दिएको छ ।

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको कप्तानी विन्दु रावलले गरेकी थिइन् । प्रधानमन्त्री कपमा सुदूरपश्चिम सेमिफाइनलमा एपिएफसँग ९ विकेटले पराजित भएको थियो । तर यस प्रतियोगितामा सुदूरपश्चिमले ऋतुलाई मौका दिएको छ । सुदूरपश्चिमले आफ्नो पहिलो खेल चैत २१ मा ललितपुरसँग खेल्ने छ । दोस्रो खेल चैत २२ मा एपिएफसँग खेल्ने छ । चैत २४ मा प्रदेश १ सँग खेल्ने छ । चैत २५ मा सुदूरले आफ्नो लिग चरणको अन्तिम खेल लुम्बिनी प्रदेशसँग खेल्ने छ । लिगमा शीर्ष दुई स्थानमा रहन सके सुदूरपश्चिमले फाइनलमा स्थान बनाउने छ । फाइनल चैत २८ मा हुने छ ।

सुदूरपश्चिमको टोली : ऋतु कनोजिया (कप्तान), रुवि पोदार (उप कप्तान), कविता जोशी, कविता कुवँर, डली भट्ट, विन्दु रावल, रेवती धामी, मञ्जु बोगटी, (विकेटकिपर), सुनिता लोहार, दिव्या कार्की, सम्झना खड्का, दीपा जोरा, लक्ष्मी साउँद र स्नेहा महरा ।

टिम ब्यवस्थापक तथा प्रशिक्षक – दीपेन्द्र बहादुर चन्द

सहायक प्रशिक्षक : जानकी भट्ट

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.