default_image

5 years ago

March 31, 2021

आर्चरले सुरुवाती आइपिएल गुमाउने

96 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड तथा राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चरले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुरुवाती चार खेल गुमाउने भएका छन् ।

आइपिएल अप्रिल ९ देखि भारतका ६ सहरमा हुँदै छ । आर्चरको गत सोमबार दायाँ हातको साईली औंलाको सल्यक्रिया भएको थियो । आर्चर राजस्थानका प्रमुख हतियार हुन् । आइपिएलमा राजस्थानका सुरुवाती चार खेलपछि उपलब्ध सम्भावना छ । राजस्थानले आइपिएलमा पहिलो खेल अप्रिल १२ मा पन्जाब किंग्ससँग खेल्दै सुरुवात गर्ने छ । राजस्थानले अप्रिल १५ मा दिल्ली, चेन्नईसँग अप्रिल १९ र अप्रिल २२ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ ।

आर्चर २०२० को आइपिएलमा मोष्ट भ्यालुवल खेलाडी चुनिएका थिए । राजस्थान आइपिएलमा लिग चरणबाटै बाहिरिएपनि आर्चरले उत्कृष्ट प्रर्दशन गरेका थिए । १४ खेलमा २० विकेट लिएका आर्चरले १ सय ७५ बल डट राख्दा पाँच क्याच लिएका थिए । उनले कुल १ सय १३ रन बनाएका थिए । जसमा १० छक्का सामेल रहेको थियो ।

यस पटक राजस्थानको कप्तानी युवा विकेटकिपर ब्याट्सम्यान सन्जु स्यामसनले गर्ने छन् । आर्चरले भारतसँग टेष्ट र टि२० आई सिरिज खेल्दा ओडिआई सिरिज गुमाएका थिए । अष्ट्रेलिया पूर्व कप्तान तथा ब्याट्सम्यान स्टिभ स्मिथलाई कप्तानबाट हटाउँदै स्यामसनलाई जिम्मेवारी दिएको थियो । स्मिथले दिल्ली क्यापिटल्सबाट यस सिजनको आइपिएल खेल्दै छन् । गत अक्सनमा राजस्थानले दक्षिण अफ्रिका तीव्र गतिका बलिङ अलराउन्डर क्रिस मोरिसलाई आइपिएल इतिहासकै १६ करोड २५ लाख भारु खर्चिदै टोलीमा अनुबन्ध गरेको थियो ।

राजस्थान रोयल्स : महिपाल लोमरोर, मनान बोहरा, रियान पराग, मयंक मरकान्डे, श्रेयस गोपाल, जयदेव उनादकट, कात्र्तिक त्यागि, राहुल टेवाटिया, यशस्वी जैसवाल, सन्जु स्यामसन (कप्तान), अनुज रावत, डेविड मिलर, जोफ्रा आर्चर, एन्ड्रुय टाई, बेन स्टोक्स, जस बटलर, क्रिस मोरिस, शिवम दुबे चेतन सकरिया, मुस्ताफिजुर रहमान, केसी चरिप्पा, लियाम लिभिङस्टोन, कुलदीप यादव र आकाश सिंह ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.