5 years ago
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेको कप्तानीमा प्रदेश-१ ले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ प्रतियोगिताको लागि १४ सदस्य बलियो टोली घोषणा गरेको छ ।

ललितपुर मेयर महिला च्याम्पियनसिप चैत २१ देखि २८ सम्म टियु मैदानमा हुँदै छ । प्रदेश-१ ले गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबलाई ६ रनले हराउँदै उपाधि जित्ने क्रममा इतिहास रचेको थियो । उक्त उपाधि प्रदेश-१ महिला टोलीले जितेको पहिलो राष्ट्रिय प्रतियोगिता थियो । उपाधिको बलियो दाबेदार प्रदेश १ मा नेपाली सिनियर टोलीबाट खेलेका ६ खेलाडी छन् । कप्तान रुविनासँगै काजल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, सबनम राई र संगिता राईले नेपालबाट खेलि सकेका छन् । त्यस्तै युवा खेलाडी निग्मा तामाङ, लकिता राजबंशी र ज्योति दनवार नेपालको यू-१९ टोलीबाट खेलेका खेलाडी हुन् ।

ललितपुर मेयर कपमा प्रधानमन्त्री कपमा सेमिफाइनलमा पुगेका प्रदेश १, नेपाल एपिएफ क्लब, लुम्बिनी प्रदेश, सुदूरपश्चिमसँगै ललितपुर मेयर–११ गरि पाँच टोली छन् । प्रधानमन्त्री कपमा सहभागिता जनाएका प्रदेश–२, बागमती, गण्डकी र कर्णालीका खेलाडीको प्रदर्शनलाई आधार मान्दै मेयर–११ को टोली बनाईएको छ ।
प्रदेश १ ले पहिलो खेल चैत २१ मा एपिएफसँग खेल्दै सुरुवात गर्ने छ । चैत २३ मा लुम्बिनीसँग खेल्ने छ । चैत २४ मा सुदूरपश्चिम र चैत २७ मा ललितपुर ११ सँग खेल्ने छ ।
प्रदेश-१ को टोली : रुविना क्षेत्री बेलबासे (कप्तान), काजल श्रेष्ठ (उपकप्तान तथा विकेटकिपर), अप्सरी बेगम, रोमा थापा, संगीता राई, सबनम राई, ज्योति दनवार, निंग्मा तामाङ, निशा शाह, लकिता राजबंशी, अलिशा खडिया, स्मृति कटुवाल, प्रज्ञा कटुवाल र टिका शाह ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]