default_image

5 years ago

April 13, 2021

ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई नेक्ससकप उपाधि

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको नेक्सस कप यु१६ क्रिकेट प्रतियोगिता उपाधि वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी ए ले जितेको छ ।

जिएसिएले फाइनलमा काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसीलाई) पराजित गर्दै उपाधि जितेको हो । टस जितेर ब्याटिङ रोजेको काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले निर्धारित १८ ओभरमा ६५ रनमा अल आउट भयो । गोविन्द विकेले २३ रन बनाए । दिपक डुम्ब्रे ले १३ बनाउदा अन्य ब्याटसम्यान हरुले दोहोरो अंक बनाउन सकेनन् ।

पुरन थापाले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । सुरज रावल र रुपेश यादवले समान २–२ विकेट लिए । अभिनय राजवंशी, अभय मगर र निर्मल पुन मगरले समान १–१ विकेट लिए । ६६ रनको विजयी लक्ष्य पछ्याएको ग्रेट हिमालयले १५.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ग्रेट हिमालय क्रिकेट एकेडेमी ए का ब्याट्सम्यानान निश्चय थापाले २४ रन र निश्चल अमात्यले १९ बनाएका थिए ।

सुगम श्रेष्ठले १ विकेट लिए । देश भरका १६ टिमको सहभागीतामा सम्पन्न उक्त प्रतियोगितामा म्यान अफ द सिरिज र बेष्ट ब्याट्सम्यान केसिटिसीका दिपक डुम्रे घोषित भएका थिए । बेष्ट बलर हिमालय क्रिकेट एकेडेमीका सन्तोष केसी घोषित भए । विजेताले १ लाख र उप विजेता टोलीले ५० हजार प्राप्त गरे ।

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

Success

Thank you for your time.