5 years ago
April 13, 2021
एजेन्सी – अलराउन्डर आन्द्रे रसेलको पाँच विकेटसँगै साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को पाँचौ खेलमा कोलकता नाइट राइडर्सलाई १ सय ५३ रनको लक्ष्य दिएको छ ।

चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा १ सय ५२ रनमा अल आउट भएको थियो ।मुम्बईका सूर्यकुमार यादवले ३६ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । कप्तान रोहित शर्माले ३२ बलमा ३ चौका र १ छक्का सहित ४३ रन बनाए । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

दोस्रो ओभरको अन्तिम बलमा स्पिनर बरुण चक्रबर्तीले ओपनर क्विन्टन डी ककलाई राहुल त्रिपाठीबाट २ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि सूर्यकुमार यादव र रोहित शर्माले ७६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । तर त्यसपछि भने लगातार विकेट गुमाउन पुगेपछि मुम्बई सस्तैेमा समेटिएको हो । स्पिनर सकिबले ११ औं ओभरको तेस्रो बलमा सूर्यलाई शुभमन गिलबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।
तीव्र गतिका बलर प्याट कमिन्सले ईशान किशनलाई १ रनमा क्याच आउट गराए । कमिन्सलेनै रोहितलाई १६ औं ओभरको दोस्रो बलमा बोल्ड आउट गरेका थिए । १७ औं ओभरको दोस्रो बलमा हार्दिक पान्ड्या ठूलो सट खेल्नेक्रममा डिप मिडविकेटमा आन्द्रे रसेलबाट १५ रनमा समातिन पुगे ।

१८ औं ओभरमा आन्द्रे रसेलले आफ्नो पहिलो ओभरमै २ विकेट लिँदै मुम्बईको इनिङ थप धरासीय बनाए । दोस्रो बलमा काइरन पोलार्डलाई ५ रनमा कट विहाइन्ड क्याच आउट गराएका रसेलले अर्को बलमा मार्को जानसेनलाई शून्यमा पेभिलिएन फर्काएका थिए । क्रुनाल पान्ड्या ९ बलमा ३ चौका सहित १५ रनमा आउट भए । अन्तिम ओभरमा रसेलले ३ विकेट लिएका थिए ।

कोलकाता आन्द्रे रसेलले २ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । तीव्र गतिका बलर प्याट कमिन्सले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । सकिब अल हसन, बरुण चक्रवर्ती र प्रसिद्ध कृष्णाले १–१ विकेट लिए ।
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]