5 years ago
April 13, 2021
एजेन्सी – स्पिनर राहुल चहरको उत्कृष्ट प्रदर्शनको सहयोगमा साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा पहिलो जित निकालेको छ । मंगलबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै पहिलो जित हात पारेको थियो ।

जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४२ रन बनायो । एक समय ३० बलमा ३१ रन मात्र जितको लागि आवश्यक हुँदा कोलकाता हातमा ६ विकेट रहेको थियो । त्यो अवस्थाबाट मुम्बईले उत्कृष्ट पूनरागमनका साथ सानदार जित हात पारेको हो ।
कोलकातालाई अन्तिम ओभरमा १५ रन चाहिँएको थियो । तर तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ रन मात्र खर्चिएर २ विकेट लिएपछि मुम्बईको जित पक्का भएको हो । १९ औं ओभरमा जस्पित बुमराहले ४ रन मात्र खर्चेका थिए ।
पहिलो बलमा बोल्टले आन्द्रे रसेललाई एक रन दिए । दोस्रो बलमा दीनेश कार्तिकले एक रन जोडे । तेस्रो बलमा रसेल ९ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । चौथो बलमा प्याट कमिन्स बोल्ड आउट हुनपुगेपछि कोलकाता जितको सम्भावना टाढिएको थियो ।

ओपनर नितिश रानाले ४७ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ५७ रनको योगदान दिए । सुभमन गिलले २४ बलमा ५ चौका र १ छक्का सहित ३३ रन बनाए । पहिलो विकेटका लागि गिल र नितिश रानाले ८.५ ओभरमा ७२ रनको साझेदाी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर राहुल चहरले काइरन पोलार्डबाट गिललाई क्याच गराउँदै साझेदारी तोडेसँगै मुम्बई खेलमा फर्किएको थियो ।
त्यसपछिका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यसपछि भने कोलकताले लगातार विकेट गुमाएको थियो । राहुल चहरले राहुल त्रिपाठीलाई ५ र कप्तान ओईन मोर्गनलाई ७ रनमा आउट गरे । नितिश रानालाई स्टम्पिङ आउट गराउँदै शीर्षक्रमका चारै विकेट राहुल चहरले लिएका थिए ।
मुम्बईका स्पिनर राहुल चहरले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । ट्रेन्ट बोल्टले २ र क्रुनाल पान्ड्याले १ विकेट लिए ।
त्यसअघि चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा १ सय ५२ रनमा अल आउट भएको थियो ।मुम्बईका सूर्यकुमार यादवले ३६ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । कप्तान रोहित शर्माले ३२ बलमा ३ चौका र १ छक्का सहित ४३ रन बनाए । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

दोस्रो ओभरको अन्तिम बलमा स्पिनर बरुण चक्रबर्तीले ओपनर क्विन्टन डी ककलाई राहुल त्रिपाठीबाट २ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि सूर्यकुमार यादव र रोहित शर्माले ७६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
तर त्यसपछि भने लगातार विकेट गुमाउन पुगेपछि मुम्बई सस्तैेमा समेटिएको हो । स्पिनर सकिबले ११ औं ओभरको तेस्रो बलमा सूर्यलाई शुभमन गिलबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।
तीव्र गतिका बलर प्याट कमिन्सले ईशान किशनलाई १ रनमा क्याच आउट गराए । कमिन्सलेनै रोहितलाई १६ औं ओभरको दोस्रो बलमा बोल्ड आउट गरेका थिए । १७ औं ओभरको दोस्रो बलमा हार्दिक पान्ड्या ठूलो सट खेल्नेक्रममा डिप मिडविकेटमा आन्द्रे रसेलबाट १५ रनमा समातिन पुगे ।

१८ औं ओभरमा आन्द्रे रसेलले आफ्नो पहिलो ओभरमै २ विकेट लिँदै मुम्बईको इनिङ थप धरासीय बनाए । दोस्रो बलमा काइरन पोलार्डलाई ५ रनमा कट विहाइन्ड क्याच आउट गराएका रसेलले अर्को बलमा मार्को जानसेनलाई शून्यमा पेभिलिएन फर्काएका थिए । क्रुनाल पान्ड्या ९ बलमा ३ चौका सहित १५ रनमा आउट भए ।
अन्तिम ओभरमा रसेलले ३ विकेट लिएका थिए । कोलकाता आन्द्रे रसेलले २ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । तीव्र गतिका बलर प्याट कमिन्सले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । सकिब अल हसन, बरुण चक्रवर्ती र प्रसिद्ध कृष्णाले १–१ विकेट लिए ।
पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो । मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग २ विकेटले पराजित भएको थियो । मुम्बईले आफ्नो तेस्रो खेल शनिवार सनराइजर्स हैदराबादसँग खेल्ने छ । कोलकाताले आइतबार बेंगलोरसँग खेल्ने छ ।
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]