default_image

3 years ago

April 14, 2021

नेपालमा हुने त्रिकोणात्मक सिरिज १ सय ४१ देशबाट हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद) – शनिवार कीर्तिपुर मैदानमा सुरु हुने नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच हुने त्रिकोणात्मक टि२० सिरिजको प्रत्यक्ष प्रसारण (लाइभ) विश्वका १ सय ४१ देशबाट हुने भएको छ । नेपाल क्रिकेट संघले विश्वब्यापी गर्दै १ सय ४१ देशबाट लाइभ हेर्न सकिने जनाएको छ । नेपालमा प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने छ । भारतमा यूरोस्पोर्ट्स, फ्यानकोड, […]

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शनिवार कीर्तिपुर मैदानमा सुरु हुने नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच हुने त्रिकोणात्मक टि२० सिरिजको प्रत्यक्ष प्रसारण (लाइभ) विश्वका १ सय ४१ देशबाट हुने भएको छ ।

नेपाल क्रिकेट संघले विश्वब्यापी गर्दै १ सय ४१ देशबाट लाइभ हेर्न सकिने जनाएको छ । नेपालमा प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने छ । भारतमा यूरोस्पोर्ट्स, फ्यानकोड, बंगलादेशमा टि स्पोटर््स र अष्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान र श्रीलंका स्पोर्ट्स फ्लिकबाट हेर्न सकिने छ । दक्षिण अफ्रिका सम्पूर्णदेशमा स्पोटर््स फ्लिकलेबाटनै हेर्न सकिने । सेन्ट्रल यूरोप फ्रि स्पोटर््स, साउथ एण्ड सेन्ट्रल अमेरिका स्पोटर््स फ्लिक र साउथ इस्ट एसिया तय हुन बाँकी छ । त्रिकोणात्मक सिरिजको ब्रोडकाष्टिङ अघिकार हिमालय टेलिभिजनले पाएको छ ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्सँग वैशाख ४ मा खेल्ने छ । दोस्रो खेल मलेसियासँग वैशाख ६ मा खेल्ने छ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने छ । नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल वैशाख ९ गते खेल्ने छ । लिगमा शीर्ष दुईमा रहने सके नेपालले वैशाख ११ गते फाइनल खेल्ने छ । त्रिकोणात्मक मूल्य १ सय ५० रुपैयाँ छ। खेल दिनमा एउटा हुने छ । खेल दिउँसो १२ : १५ र १ : १५ मा हुने छ । मलेसिया र नेदरल्यान्ड्सको टोली मंगलबार नेपाल आई सकेका छन् । नेपाल, मलेसिया र नेदरल्याड्स तीनै टोलीका खेलाडीको बुधबार कोरोना परिक्षण हुने छ । नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गर्न बाँकी छ । आज सम्म घोषणा हुने अनुमान गरिएको छ ।

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

Success

Thank you for your time.