default_image

5 years ago

April 14, 2021

साहब र आसिफलाई समेट्दै नेपालको टोली घोषणा

353 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर साहब अलाम र ओपनर आशिफ शेखलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान)ले नेदरल्यान्ड्स र मलेसियासँग खेल्ने त्रिकोणात्मक टि२० आई सिरिजको लागि १५ सदस्य टोली घोषणा गरेको छ ।

घोषणा टोलीमा युवा स्पिनर साहब आलम पहिलो पटक नेपाली सिनियर टोलीमा परेका छन् । आशिफ शेख पनि टि२० आई टोलीमा पहिलो पटक परेका छन् । आशिफले सन् २०१७ मा बंगलादेशमा भएको एसिसी एसिया इमर्जिङ टिम्स एसिया कप खेलेका थिए । त्यस्तै कुशल भुर्तेल पनि पहिलो पटक टि२० आई टोलीमा परेका हुन् । गतवर्ष लिष्ट ए मा भने डेब्यू गरि सकेका छन् ।

शाहब आलम

त्रभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्ने स्पिनर साहब आलमले पछिल्लो चार वर्षमा लगातार एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपालको यू-१९ कप्तानी गरि सकेका आसिफले घरेलु क्रिकेट नेपाल एपिएफबाट खेल्दै उच्च प्रदर्शन गर्दै आएका छन् । माघमा काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कपमा आसिफले उत्कृष्ट प्रदर्शन गरेका थिए । जुन प्रदर्शनले प्रशिक्षक देभ ह्वाटमोर प्रभावित हुँदै मौका दिएका छन् ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्सँग वैशाख ४ मा खेल्ने छ । दोस्रो खेल मलेसियासँग वैशाख ६ मा खेल्ने छ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने छ । नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल वैशाख ९ गते खेल्ने छ । लिगमा शीर्ष दुईमा रहने सके नेपालले वैशाख ११ गते फाइनल खेल्ने छ ।

नेपालले टियु मैदानमा पछिल्लो समय गतवर्ष माघमा ओमान र अमेरिकासँग आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओडिआई त्रिकोणात्मक सिरिज खेलेको थियो । नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ । नेपालले पछिल्लो पटक फागुन थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० एसिया छनोट खेलेको थियो । प्रशिक्षक देभ ह्वाटमोरको प्रशिक्षकमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल समेत खेल्ने छ ।

त्रिकोणात्मक सिरिजको खेल तालिका

वैशाख ४ : नेपालविरुद्ध नेदरल्यान्ड्स

वैशाख ५ : नेदरल्यान्ड्सविरुद्ध मलेसिया

वैशाख ६ : नेपालविरुद्ध मलेसिया

वैशाख ७ : नेपालविरुद्ध नेदरल्यान्ड्स

वैशाख ८ : नेदरल्यान्ड्सविरुद्ध मलेसिया

वैशाख ९ : नेपालविरुद्ध मलेसिया

वैशाख १० : विश्राम

वैशाख ११ : फाइन (लिगपछि शीर्ष दुईटोली)

नेपालको अन्तिम टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी ।

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

Success

Thank you for your time.