5 years ago
April 14, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको ओडिआई वरियतामा एकछत्र राज तोड्दै पाकिस्तानका कप्तान बाबर आजम शीर्षस्थामा उक्लिएका छन् ।

पाकिस्तानका कप्तान बाबर आजम ओडिआई करिअरमा पहिलो पटक शीर्षस्थानमा उक्लिएका हुन् । दक्षिण अफ्रिका भ्रमणमा पाकिस्तानले तीन ओडिआई सिरिज २–१ ले जितेको थियो । जसक्रममा बाबरले उच्च प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिका भ्रमणमा उच्च प्रदर्शन गरेपछि बाबर ओडिआईमा वरियतामा शीर्ष स्थानमा उक्लिएका हुन् । बाबरले पहिलो ओडिआई खेलमा दक्षिण अफ्रिकाविरुद्ध १ सय ३ रनको शतकीय इनिङ खेल्दा दोस्रो खेलमा ३१ र तेस्रो तथा निर्णायक ओडिआई खेलमा ९४ रनको प्लेयर अफ द म्याच प्रदर्शन गरेका थिए ।
विराट दोस्रो, रोहित शर्मा तेस्रो रस टेलर चौथो स्थानमा छन् । दक्षिण अफ्रिकाविरुद्ध दोस्रो र तेस्रो खेलमा लगातार शतक प्रहार गरेका फखर जमान सातौं स्थानमा उक्लिएका छन् । बलिङतर्फ ओडिआईमा ट्रेन्ट बोल्ट र अलराउन्डरतर्फ सकिब अल हसन शीर्ष स्थानमा छन् । बाबर टि२० आई वरियतामा तेस्रो स्थानमा छ । विराट पाचौं स्थानमा छन् । टेष्टमा भने विराट चौथो र बाबर पाँचौं स्थानमा छन् ।
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]