5 years ago
April 14, 2021
एजेन्सी – पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका कप्तान बाबर आजमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका छन् ।

बाबरले दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टि२० आई खेलमा २ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा शतकका साथ पारसको कीर्तिमान तोडेका हुन् । बाबरले टि२० आईमा लक्ष्य पछ्याउँदा कप्तानले बनाएको सर्वाधिक रनको कीर्तिमान तोडेका हुन् । गतवर्ष सिंगापुरसँग पारस खड्काले लक्ष्य पछ्याउनेक्रममा १ सय ६ रनको अविजित इनिङ खेलेका थिए ।
जसक्रममा पारस टि२० आई मा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने पहिलो कप्तान बनेका थिए । पारस उक्त खेलमा १ सय ५२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहेका थिए ।
बाबरले टि२० आईमा लक्ष्य पछ्याउँदा कप्तानको सर्वाधिक कीर्तिमान तोडेका हुन् । पाकिस्तानले १६ ओभरमा कुनै विकेट नगुमाई १ सय ८१ रन बनाएको छ । बाबर आजम ५३ बलमा १३ चौका र ४ छक्का सहित १ सय १० रनमा खेलि रहेका छन् । मोहम्मद रिजवान ६९ रनमा साथ दिएका छन् ।
बाबरले बुधबार मात्र ओडिआई वरियतामा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले ४१ महिनादेखिको एकछत्र राज तोड्दै शीर्ष स्थानमा उक्लिएका थिए ।
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]