5 years ago
April 14, 2021
एजेन्सी – कप्तान बाबर आजमको उत्कृष्ट कीर्तिमानी शतकको सहयोगमा पाकिस्तानले तेस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरेको छ । योसँगै चार टि२० आई सिरिजमा पाकिस्तानले २–१ को अग्रता लिएको छ ।

जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानले यो आफ्नो टि२० आई इतिहासकै सर्वाधिक ठूलो लक्ष्य पूरा गरेको हो ।
कप्तान बाबर आजमले ५९ बलमा १५ चौका र ४ छक्का सहित १ सय २२ रनको उत्कृष्ट कीर्तिमानी इनिङ खेले । बाबर टि२० आई मा लक्ष्य पछ्याउँदा सर्वाधिक रन बनाउने कप्तान बनेका छन् । बाबरले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा ब्याट्सम्यान पारस खड्काको सिंगापुरविरुद्ध १ सय ६ रनको अविजित इनिङको कीर्तिमान तोडेका हुन् । समग्रमा पाकिस्तानबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी हुन् । एकै इनिङमा पाकिस्तानबाट टि२० आईमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । बाबरले ४९ बलमा शतक पूरा गरेका थिए ।

अर्का ओपनर मोहम्मद रिजवान ४७ बलमा ५ चौका र २ छक्का सहित ७३ रनमा अविजित रहे । पहिलो विकेटका लागि बाबर र रिजवानले १७.४ ओभरमा १ सय ९७ रनको उत्कृष्ट कीर्तिमानी साझेदारी गरेपछि विशाल लक्ष्य पाकिस्तानले सहजै पूरा गरेको हो । जुन पाकिस्तानका ब्याट्सम्यानले टि२० आई मा गरेको कुनैपनि विकेटका लागि उच्च साझेदारीमा हो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । दक्षिण अफ्रिका ओपनर एडेन माक्ररम ३१ बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ६३ रन बनाए । अर्का ओपनर जानेमान मलानले ४० बलमा ५ चौका र २ छक्का सहित ५५ रनको योगदान दिए । पहिलो विकेटका लागि माक्ररम र मलानले १ सय ८ रनको साझेदारीका साथ राम्रो सुरुवात दिलाएका थिए । रास्सी भान डर डुसेन ३४ रनमा अविजित रहँदा जर्ज लिन्डे २२, हेनरिक क्लासेन १५ र एन्डिले फहलुकवयो ११ रनमा आउट भए ।

पाकिस्तानका मोहम्मद नवाजले सर्वाधिक २ विकेट लिए । पाकिस्तान पहिलो खेलमा ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । निर्णायक चौथो खेल शुक्रबार हुने छ ।
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]