5 years ago
April 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले शनिवार घरेलु मैदान टियुमा सुरु हुने नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालको लक्ष्य उपाधि जित्ने बताएका छन् ।

विहिबार अभ्यासमा टियु मैदानको क्रममा पत्रकारहरुसँग कुराकानीमा ज्ञानेन्द्र टोलीको लक्ष्य उपाधि जित्ने बताएका हुन् । नेपालले नेदरल्याड्ससँग शनिवार खेल्दै त्रिकोणात्मक सिरिजमा सुरुवात गर्ने छ । कोरोना महामारीपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।
‘१४ महिनापछि सबै जना एकदमै उत्साहित छन् । कोरोनाले खेलहरु भएन । हामीले ओडिआई र टि२० आईको धेरै आशा गरेका थियौं । सबै हुन सकेन । त्यो भएपछि पनि अन्तर्राष्ट्रिय खेल्न पाउनु सबै जनालाई रमाइलो लागेको छ’, ज्ञानेन्द्रले भने । नेपालले प्रशिक्षक डेभ ह्वाटमोरको नेतृत्वमा पहिलो पटक खेल्दैछ ।
‘नयाँ प्रशिक्षक नेतृत्वमा तयारी राम्रो भएको छ । त्यो भन्दा पनि घरेलु क्रिकेट खेलेका धेरैजना खेलि रहेको थियो । तर हामीले चाँहेको अन्तर्राष्ट्रिय खेल खेल्ने हो । यस्तो खेलमा अझ नयाँ खेलाडी आएर खेल्यो भने धेरै राम्रो हुन्छ । नयाँ खेलाडीलाई तयार भई सक्नु भएको छ । वहाँहरुको लागि यो एउटा राम्रो अवसर पनि हो’, ज्ञानेन्द्रले भने ।

‘ब्याटिङ अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खेल, फरक राम्रो बलर जति धेरै खेल्यो त्यति धेरै निखारिदै जाने हो । हामी त्यसमा चुक्छौं । एकै पटक ठूलो स्तरमा गएर प्रदर्शन गर्दा स्वभाविक रुपले भनेजस्तो हुँदैन । त्यसैले क्षमता हुँदा हुँदै पनि प्रदर्शन गर्न सक्दैनौं । पछिल्लो दुई प्रतियोगितामा ब्याटिङ सुधार भएको छ । सबै जनाले राम्रो तरिकाले खेल्नु पर्यो । क्षमता छ यो गर्नुपर्छ ।’
‘क्रिकेट हो । जस्तो टिम भएपनि हामीले आफ्नो क्रिकेट राम्रो खेल्नु पर्छ । जुन टोलीले राम्रो खेल्छ त्यहिँ टोलीले जित्न सक्छ । हाम्रो टोली जुन किसिमले विकास र अगाडि बढेको छ त्यसले हामी अझ बलियो छौं जस्तो लाग्छ । २०२२ को ग्लोबल छनोटको तयारी सुरु गर्ने यो सहि समय हो । यो बेला खेलाडीमा कुनै दबाब छैन । खेलाडीलाई विकास गर्ने यहि बेला हो । त्यसको टिमलाई कस्तो हिसावले बनाएर लगेर जाने लागि लक्ष्य बनाएर जानुपर्छ’, उनले भने ।

‘नेपालको लक्ष्य उपाधि जित्ने छ । टि२० विशेषको भूमिकामा आसिफ शेख, कुशल मल्ल र कुशल भुर्तेललाई टोलीमा राखेका छौं । सन्दीप लामिछाने पनि टि२० विशेषज्ञ नै हुन् ।’
‘साहब आलम पहिलो पटक सिनियर टोलीमा परेका छन्, ‘साहबबारे सोधिएको प्रश्नमा ज्ञानेन्द्रले भने, ‘साहबले घरेलु क्रिकेटमा लागातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । घरेलुमा उसले आफूलाई प्रमाणित गरिसकेको छ । अन्तर्राष्ट्रियमा उसले आफूलाई प्रमाणित गर्नुपर्छ यो भन्दा अगाडि बढ्न सक्न सक्छ । ब्याटिङमा पनि सम्भावना देखाएको छ । अलिकति मिहिनेत गर्यो भने धेरै राम्रो भएर निस्कन्छ’, उनले भने ।
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]