5 years ago
April 15, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को सातौं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १ सय ४८ रनको मध्यम लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रन बनायो ।
दिल्लीका कप्तान ऋषभ पन्तले ३२ बलमा ९ चौका सहित सर्वाधिक ५१ रनको योगदान दिए । कप्तान ऋषभ पन्तले अर्धशतकीय इनिङ खेल्दा अन्य ब्याट्सम्यानले भने सम्झन लायक प्रदर्शन गर्न सकेनन् । तल्लोक्रममा डेब्यू खेल खेलि रहेका ललित यादवले २०, टम करन २१ र क्रिस वोक्सले १५ रन बनाए । दिल्लीका ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर पृथ्वी शा २, शिखर धवन ९, अजिक्या रहाने ८ र मार्कस स्टोइनिस शून्यमा आउट भए ।
राजस्थानको टोलीमा पूनरागमन गरेका तीव्र गतिका बलर जयदेव उनादकटले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । मुश्ताफिजुर रहमानले २ र क्रिस मोरिसले १ विकेट लिए ।
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]