5 years ago
April 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चल क्रिकेट ऐकेडेमीको आयोजनामा मोरङको बैजनाथपुरमा रिचा मेमोरियल टि२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगितामा वैशाख १५ देखि २२ सम्म बैजनाथपुर क्रिकेट मैदानमा हुने छ । प्रतियोगितामा नेपालका तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, नेपाल त्रिभुवन आर्मी, बागमती प्रदेशसँगे कुल १२ टोलीको सहभागिता हुने छ । प्रतियोगिताको विजेताले १ लाख र उप विजेताले ५० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याच र सिरिजले पनि पुरस्कार पाउने छन् ।

प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) का क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठकी छोरी तथा भिक्टोरियन नेप्लिस क्रिकेट संघका अध्यक्ष विबेक श्रेष्ठ को पत्नी रिचा श्रेष्ठको स्मृतिमा आयोजना गर्न लागिएको हो । उनको २०१९ मा मृत्यु भएको थियो । एक वर्षअघि अष्ट्रेलियामामा सगरमाथा क्रिकेट क्लब र मेलबर्नको आयोजनामा पनि रिचा स्मृति क्रिकेट प्रतियोगितामा आयोजना सम्पन्न भएको थियो ।
वैजनाथपुरमा भने सातौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी युनिल श्रेष्ठ तथा नेपाल पुलिस क्लबका कप्तान मञ्जित श्रेष्ठकी रिचा बहिनी हुन् ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]