5 years ago
April 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शनिबार टियुमा सुरु हुने नपाल, नेदरल्यान्ड्स र मलेसियाबीच हुने त्रिकोणात्मक टि२० आई सिरिजको ट्रफी सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याड्सका पिटर सीलार र मलेसिया कप्तान फैज अहमदलाई राख्दै ट्रफी सार्वजनिक गरेको हो । जर्मनीमा निर्मित उक्त ट्रफीमा स्वरोभ्सकी मणि जडित रहेको क्यानले जानकारी दिएको छ ।
नेपालले नेदरल्याड्ससँग शनिवार खेल्दै त्रिकोणात्मक सिरिजमा सुरुवात गर्ने छ । डवल राउन्ड रोविनको आधारमा हुने उक्त प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्ने छन् । फाइनल वैशाख ११ गते हुने छ ।
नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा स्पिनर साहब आलमलाई पहिलो पटक समेट्दै १५ सदस्य टोली घोषणा गरि सकेको छ । टियु मैदानमा सुरु हुने नेदरल्यान्ड्स र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज गुमाउने भएका छन् । पारस गत आइतबार फिल्डिङ गर्नेक्रममा दायाँ हातको काँधमा अभ्यास खेलमा क्याच लिनेक्रममा चोट लागेको थियो । उनको स्थानमा सन्दीप जोरालाई बोलाउने तयारी गरि रहेको छ ।
क्यानका प्रबन्ध निर्देशक रौनक मल्लले प्रतियोगितामा कोरोनाको अवस्थालाई ध्यानमा राख्दै सिमित दर्शकलाई मात्र प्रवेश दिइने बताइएको छ । उनले हालसम्म सरकारी निकायबाट कुनै निर्देशन नआएकाले यकिन संख्या भन्न नसकिने बताए ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]