default_image

3 years ago

April 16, 2021

‘विपक्षीलाई कुनैपनि क्षेत्रमा राम्रो हुन दिदैनौं’ – सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आफूहरुले शनिवार टियु मैदानमा नेदल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शनका साथ उपाधि जित्ने बताएका छन् । बिहीबार टियु क्रिकेट मैदानमा कुराकानी गर्दै सन्दीपले तयारी राम्रो भएकोले खेल्न निकै उत्साहित भएको बताएका छन् । ‘नेपालमा पहिलो पटक टि२० सिरिज हुँदैछ । म निकै उत्साहित […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आफूहरुले शनिवार टियु मैदानमा नेदल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शनका साथ उपाधि जित्ने बताएका छन् ।

बिहीबार टियु क्रिकेट मैदानमा कुराकानी गर्दै सन्दीपले तयारी राम्रो भएकोले खेल्न निकै उत्साहित भएको बताएका छन् । ‘नेपालमा पहिलो पटक टि२० सिरिज हुँदैछ । म निकै उत्साहित छु । सुरुमा नेदरल्यान्ड्स र मलेसिया टोली दुवैलाई नेपालमा स्वागत छ’, उनले भने ।

नेपालका प्रमुख स्पिनर सन्दीप लामिछानेले हालसम्म घरेलु मैदानमा टि२० आई खेलेका छैनन् । घरेलु मैदानमा पहिलो टि२० आई खेल्न सन्दीप निकै उत्साहित देखिन्छन् । ‘एकदम राम्रो हुने आशा छ । टोलीको तयारी राम्रो छ । ब्याटिङ र बलिङ पक्ष अहिले बलियो छ । हामी अर्को टोलीलाई कुनैपनि क्षेत्रमा राम्रो गर्न दिने छैनौं,’ सन्दीपले थपे ।

‘मैले लिष्ट ए यहिँबाट सुरु गरे । ओडिआई खेल पनि खेलिसकेको छु । टि२० मेरो लागि सुहाँदो शैली छ र नेपालमा पहिलो पटक खेल्दैछु । मलाई आशा छ हाम्रो प्रदर्शन राम्रो हुनेछ । खेलमा हेर्न आउने सबै रमाउनु हुने छ’, पहिलो खेल खेल्नु अघि सन्दीपले भने ।

यस अघिका तीन सिजन दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेका सन्दीपलाई यस सिजनमा कुनैपनि टोलीले अनुबन्ध गरेका थिएनन् । अब आइपिएल लगायत अन्य लिगमा पर्न राष्ट्रिय टोलीमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ की भन्ने प्रश्नमा सन्दीपले भने,’आइपिएल मिस भइरहेको छ । म कसैलाई देखाउन र प्रमाणित गर्न कहिल्यै पनि खेल्दिन । मलाई यो खेल मनपर्छ र यसमा भरपुर म रमाउँछु । म कहिँ कता खेल्न पाए पाइँन भन्नेमा दुखि हुन भन्दा पनि मैले थप मिहिनेत गनुपर्ने हुन्छ,’ उनले थपे ।

सन्दीपले पछिल्लो पटक टियुमा आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग गत वर्ष माघमा खेलेका थिए । जसक्रममा सन्दीपले अमेरिकालाई ३५ रनमा अल आउट गर्न ६ विकेट लिएका थिए । सन्दीपले त्यो प्रदर्शनले कुनै प्रभाव नपार्ने बताउँछन् ।

‘पहिलाको प्रदर्शन पहिलानै थियो । अब शून्यबाट नै सुरु गर्नेछु । म मात्र होइन सम्पूर्ण टोली राम्रो सुरुवातका लागि तल्लिन छ । टोलीको लक्ष्य त सिरिज जित्ने नै छ’, उनले भने ।

अष्ट्रेलियन डेभ ह्वाटमोर प्रशिक्षकको भूमिकामा आएपछि नेपालले पहिलो पटक खेल्दैछ । सन्दीपले नयाँ कुरा सिकिरहेको बताउँछन् । ‘हामी राम्रो नतिजा दिएर आगमी दिनमा नामिबियासँग हुने सिरिजको लागि तयारी भएर बस्न चाहन्छौं,’ उनले थपे ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.