5 years ago
April 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख ब्याट्सम्यान पारस खड्काको स्थान युवा ब्याट्सम्यान सन्दीप जोराले लिने भएका छन् ।

शनिवारबाट टियु मैदानमा सुरु हुने नेदरल्यान्ड्स र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज पारस खड्काले गुमाउने भएपछि सन्दीपलाई टोलीमा बोलाएको छ । पारस गत आइतबार अभ्यासको क्रममा फिल्डिङ गर्नेक्रममा दायाँ हातको काँधमा चोट लागेपछि टोलीबाट बाहिरिएका थिए ।युवा ब्याट्सम्यान सन्दीप जोरा आक्रामक ब्याटिङका लागि परिचित छन् । सन्दीपले सन् २०१९ मा यूएईविरुद्ध टि२० खेल डेब्यूमै अर्धशतक बनाउँदै विश्वक कीर्तिमान बनाएका थिए ।

सन्दीपले १७ वर्ष १ सय ३ दिनको उमेरमा ५३ रनमा अविजित रहँदै टि२० आईमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने कीर्तिबान बनाएका थिए । जोराले नेपालबाट ६ टि२० आई खेलेका छन् । पछिल्लो पटक नेपालबाट जोराले बंगलादेशमा भएको एसिसी इमर्जिङ टिम्स एसिया कप बंगलादेशको यू-२३ टोलीविरुद्ध खेलेका थिए । टि२० भने गतवर्ष पाँच टोलीबीच भएको सिरिजमा ओमानविरुद्ध खेलेका थिए । नेपाल एपिएफ क्लबबाट खेल्ने जोराले प्रधानमन्त्री कपमा उच्च प्रदर्शन गरेपछि बन्द प्रशिक्षणमा परेका थिए ।

नेपालले पहिलो खेल शनिवार नेदरल्यान्ड्सँग खेल्ने छ । डवल राउन्ड रोविनको आधारमा हुने उक्त प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्ने छन् । फाइनल वैशाख ११ गते हुने छ । नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा स्पिनर साहब आलमलाई पहिलो पटक समेट्दै १५ सदस्य टोली घोषणा गरि सकेको छ ।
नेपालको टोली ः ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]