default_image

5 years ago

April 16, 2021

दीपकको घातक बलिङमा चेन्नईलाई झिनो लक्ष्य

185 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर दीपक चाहरको घातक बलिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को आठौं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७ रनको सामान्य लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनायो ।
पन्जाबका शाहरुख खानले ३६ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४७ रनको योगदान दिए । झेय रिचर्डसनले २२ बलमा २ चौका सहित १५ रन बनाए । एक समय २६–५ को कमजोर अवस्थामा पुगेको पन्जाबलाई छैटौं विकेटका लागि महत्वपूर्ण ३१ रनको साझेदारी गरेका थिए । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।


तीव्र गतिका बलर दीपक चाहरले ओपनर मयंक अग्रवाललाई शून्यमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । तेस्रो ओभरको पाँचौं बलमा रविन्द्र जडेजाले कप्तान लोकेश राहुललाई डाइरेक्ट स्टम्प टाक्दै ५ रनमा रन आउट गरेपछि पन्जाबको विकेट एकपछि अर्को गुम्न पुगेको थियो । पाँचौं ओभरको दोस्रो बलमा दीपकले क्रिस गेललाई १० रनमा रविन्द्र जडेजाबाट क्याच आउट गराएका थिए । एक बल पछि निकोलस पुरन शून्यमा शार्दूल ठाकुरबाट क्याच आउट हुन पुगेपछि पन्जाब १९–४ को कमजोर अवस्थामा पुगेको थियो ।

सातौं ओभरको दोस्रो बलमा दीपक हुडालाई १० रनमा फाफ डु प्लेसिसबाट क्याच गराउँदै दीपकले पन्जाबलाई २६–५ को कमजोर अवस्थामा पुर्याएका थिए । शाहरुख खान अन्तिम ओभरको दोस्रो बलमा ठूलो सट खेल्नेक्रममा जडेजाबाट रन आउट हुन पुगेका थिए । मुरुगन आश्विन ६ र मोहम्मद शामीले ९ रनको योगदान दिए । चेन्नईका तीव्र गतिका बलर दीपक चाहरले ४ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ४ विकेट लिए । ड्वेन ब्राभो, साम करन र मोईन अलीले १–१ विकेट लिए ।

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

Success

Thank you for your time.