default_image

5 years ago

April 16, 2021

रोमाञ्चक जितसँगै पाकिस्तानलाई सिरिज

136 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले अन्तिम तथा चौथो टि२० आई खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै टि२० सिरिज जितेको छ । शुक्रबार राती अन्तिम खेलमा दक्षिण अफ्रिकालाई हराउँदै चार टि२० आई सिरिज पाकिस्तानले ३–१ ले जितेको हो ।

जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानलाई अन्तिम दुई बलमा दुई रन चाहिँएको अवस्थामा मोहम्मद नवाजले छक्का प्रहार गर्दै पाकिस्तानको सिरिज पक्का गराएका थिए ।


मोहम्मद नवाज २१ बलमा १ चौका र २ छक्का सहित २५ रनमा अविजित रहे । फखर जमानले ३४ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६४ रनको योगदान दिए । कप्तान बाबर आजम २४, मोहम्मद अफिज १० रनमा आउट भए । एक समय ९.२ ओभरमा ९२–२ को बलियो अवस्थामा रहेपनि त्यसपछि लगातार विकेट गुमाउँदा खेल अन्तिम ओभर सम्म पुगेको थियो । दक्षिण अफ्रिका सिसान्डा मागला र लिजाड विलियम्सले २–२ विकेट लिए ।


त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका १९.३ ओभरमा १ सय ४४ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका रास्सी भान डर डुसेन ३६ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिए । ओपनर जानेमान मलान २८ बलमा ३ चौका र १ छक्का सहित ३३ रनमा आउट भए । एडेन माक्ररम ११, हेनरिक क्लासेन ९, जर्ज लिन्डे ३ र मुल्डर ६ रनमा आउट भए । पाकिस्तानका तीव्र गतिका बलर हसन अली र फहिम अशरफले समान ३–३ विकेट लिए । हरिस रौफले २, मोहम्मद नवाज र शाहिन अफ्रिदीले १–१ विकेट लिए ।


पहिलो टि२० खेलमा पाकिस्तान ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पाकिस्तान ९ विकेटले विजयी भएको थियो । पाकिस्तानले तीन ओडिआई सिरिज २–१ ले जितेको थियो । पाकिस्तानलाई चार टि२० सिरिज ३-१ ले जिताउन उत्कृष्ट प्रदर्शन गरेका कप्तान बाबर आजम सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) चुनिए ।

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

Success

Thank you for your time.