5 years ago
April 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:१५ मा टियु क्रिकेट मैदानमा हुने छ ।

दुवै टोली त्रिकोणात्मक सिरिजमा विजयी सुरुवात गर्न चाहन्छन् । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको नेतृत्व पिटर सीलारले गर्ने छन् । नेपाल र नेदरल्यान्ड्सबीच अन्तिम पटक प्रतिस्पर्धा २०१९ अक्टोबर ७ मा भएको थियो । ओमानमा सम्पन्न पाँच टोली बीचको टि२० आई सिरिजमा यी दुई टोलीले खेलेका थिए । नेपाल घरेलु समर्थक र मैदानको फाइदा उठाउन चाहन्छ । यता बलियो टोली नेदरल्यान्ड्स उत्कृष्ट प्रदर्शनका साथ जित निकाल्ने सोचमा छ ।
नेपाली टोलीमा अनुभवी ब्याट्सम्यान पारस खड्का छैनन् । नेपालको शीर्षक्रम ब्याटिङ ज्ञानेन्द्र मल्ल, कुशल मल्ल र आशिफ शेखले सम्हाल्ने सम्भावना देखिन्छ । मध्यक्रम दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र विनोद भण्डारी छन् । तल्लोक्रममा सोमपाल कामी र करण केसी फिनिसरको रुपमा खेल्ने छन् ।
नेपालले दुई स्पिनर र तीन तीव्र गतिका बलर खेलाउने रणनीति देखिन्छ । स्पिनरमा लेगस्पिनर सन्दीप लामिछानेलाई साहब आलमले साथ दिन सक्छन् । साहब नेपालबाट पहिलो खेल खेल्ने तयारीमा छन् । यता तीव्र गतिको बलिङमा अभिनाश बोहराले सोमपाल र करणलाई साथ दिने छन् ।

नेदरल्यान्ड्सको ब्याटिङ लाइनअप बलियो रहेपनि बलिङ भने केहि कमजोर देखिन्छ । तीव्र गतिका बलर पाउल भान मीकेरेनले २०१८ मा पारस खड्का कप्तान रहेको विराटनर किंग्सबाट एभरेष्ट प्रिमियर लिग इपिएल खेलेका थिए । नेपालको पिच र बातावरण उनलाई अन्य खेलाडीलाई भन्दा राम्रोसँग थाहा छ । त्यसैले उनी नेपाललाई घातक बन्न सक्छन् । कप्तान पिटर सीलार मध्यक्रममा राम्रो ब्याटिङसँगै स्पिन बलिङ गर्ने गर्दछन् ।
नेदरल्यान्ड्सको ओपनिङ टोबियस भिसे र म्याक्स ओडोवडले गर्ने छन् । यी दुबै ब्याट्सम्यान आक्रामक ब्याटिङका लागि परिचित छन् । मध्यक्रममा बेन कूपर र पिटर सीलार छन् । नेदरल्यान्ड्समा यस पटक रोलफ भान डेर मर्वे, फर्द क्लासेन, ब्रान्डन ग्लोभर जस्ता प्रमुख खेलाडी नहुँदा केहि कमजोर देखिन्छ । नेदरल्यान्ड्सले आफ्नो टोलीमा १७ वर्षिय आर्यन दत्त र जुनियल डी मेलाई पहिलो पटक समेट्दै नेपाल भ्रमणमा ल्याएको छ । यी दुई खेलाडी नेदरल्यान्ड्सको सरप्राइज प्याकेज बन्न सक्छन् ।

हेड टु हेड
नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म ६ टि२० आई खेल भएको छ । जसमा नेपाल २ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको थियो । एक खेल वर्षाको कारण नतिजा विहिन छ । सन् २०१५ मा नेपालसँगको चार टि२० आई सिरिज नेदरल्यान्ड्सले ३–१ ले जितेको थियो । २०१८ मा लर्डसमा भएको खेलमा वर्षाको कारण नेदरल्यान्ड्ले १६.५ ओभरमा १७४–४ को अवस्थामा वर्षाको कारण रद्ध भएको थियो ।
२०१९ मा ओमानमा भने नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको थियो । उक्त जित दिलाउन अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा करणले दुई छक्का र एक चौका प्रहार गर्दै जित पक्का गरेका थिए । मलेसिया नेपाल र नेदरल्यान्ड्स भन्दा तुलनात्मक रुपमा कमजोर टोली हो । नेपाल र नेदरल्यान्ड्स यस सिरिजको प्रमुख उपाधिको दाबेदार टोली हुन् ।
प्रतियोगिता नजिकिंदै गर्दा मौसमले भने साथ नदिने देखिएको छ । काठमाडौंमा शुक्रबारदेखि वर्षा भएको छ । शनिबार विहान वर्षा रोकिएपनि विहानसम्म मौसम खुलेको छैन । दिउँसो वर्षाको सम्भावना पनि छ । त्यसैले खेल पूरा ओभर हुनेमा शंका नै छ ।
नेपालको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी ।
नेदरल्यान्ड्सको टोली : पिटार सीलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओडिवड, बास डी लीडे, विक्रमजित सिंह, स्कर्ट एडवार्डस, आर्यन दत्त, फिलिपे बोइससेवेन, पल पान मीकेरन, भिभिन किंगमा, टोनी स्टल, सेबस्टियान ब्राट र जुलियन डी म
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]