5 years ago
June 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच हुने त्रिकोणात्मक सिरिजको मिति तय भएको छ । क्रिकबजका अनुसार नेपाल, नामिबिया र स्कटल्यान्डबीचकोे ओडिआई त्रिकोणात्मक सिरिज जुलाई २० देखि ३० सम्म स्पेनको अल्मेरियामा रहेको डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानमा हुने छ ।

स्पेनमा पहिलो पटक ओडिआई खेल हुने छ । कोरोना महामारीको कारण बेलायत सरकारले रोक लगाएपछि स्कटल्यान्डमा हुनुपर्ने उक्त सिरिज स्पेनमा हुन लागेको हो । फुटबलको लागि विश्व प्रख्यात स्पेनन को डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानलाई आइसिसीले गत अप्रिलमा ओडिआई मान्यता दिएको थियो ।
जुन मैदानमा इंग्ल्यान्डका चर्चित काउन्टी क्लबहरु डर्बीशायर, लन्काशायर र सोमरसेट अभ्यास समेत गर्ने गर्दछन् । शुक्रबार नेपालले स्पेन भ्रमणको लागि बन्द प्रशिक्षणमा २० सदस्य टोली घोषणा गरेको छ । मध्यक्रमका ब्याट्सम्यान पृथु बाँस्कोटा भने ब्यक्तिगत कारण प्रशिक्षणमा सहभागि नहुने भएका छन् । नेपालले मंगलबाट बन्द प्रशिक्षण सुरु गर्ने छ ।
विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज १८ महिनापछि हुन लागेको हो । पछिल्लो पटक २०२० फेब्रुअरीमा विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज टियुमा सम्पन्न भएको थियो । त्यसपछि विश्वकप लिग-२ का खेलहरु कोरोना महामारीको कारण हुन सेकेको थिएन । एकदिवसिय विश्वकप २०२३ छनोट अन्तर्गत विश्वकप लिग-२ मा सात देश र विश्वकप सुपर लिगमा १२ टेष्ट टोली र नेदरल्यान्ड्स गरि कुल १३ देशले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग-२ मा डेब्यू गरेको थियो । नेपाल सहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
विश्वकप सुपर लिगमा १२ टेष्ट र नेदरल्यान्ड्स गरि १३ टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् । भारत आयोजक देश हुँदा स्वत छनोट भएको छ । अन्य शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाउने छन् । बाँकी पाँच टोलीले ग्लोबल छनोटमा झर्नेछन् । १० टोलीबीच हुने ग्लोबल छनोटमा शीर्ष दुई टोलीले एकदिवसिय विश्वकप खेल्ने अवसर पाउने छन् ।
बन्द प्रशिक्षणको लागि नेपालको टोली :
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम सोब र पवन सरार्फ ।
विश्वकप लिग २ अंक तालिका
नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।
नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । संयुक्त अरव इमिरेट्स ९युएई० ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]