default_image

4 years ago

June 22, 2021

दक्षिण अफ्रिका फराकिलो जितमा केशवको ह्याट्रिक

123 views

0 Bookmark

एजेन्सी – स्पिनर केशव महाराजको ह्याट्रिक र तीव्र गतिका बलर कागिसो रबाडाको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले दोस्रो टेष्ट खेलमा वेस्ट इन्डिजलाई १ सय ५८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै दुई टेष्ट सिरिज पाहुना टोली दक्षिण अफ्रिकाले २–० ले जितेको छ ।

जितको लागि ३ सय २४ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज चौथो दिन दोस्रो सेसनमा ५८.३ ओभरमा १ सय ६५ रनमा अल आउट भयो । वेस्ट इन्डिजका ओपनर किरन पवेलले १ सय १६ बलमा ९ चौका सहित सर्वाधिक ५१ रनको योगदान दिए । मध्यक्रमका काइल मेयर्सले ५६ बलमा ४ चौका सहित ३४, जर्मेन ब्ल्याकवुड २५ र केमार रोच २७ रनमा आउट भए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

केशवले ३७ औं ओभरमा ह्याट्रिक लिएका थिए । उनले तेस्रो बलमा किरण पवेल, चौथो बलमा जेसन होल्डर र जोशुवा डा शिल्भालाई क्याच गराउँदै ह्याट्रिक पूरा गरेका थिए । दक्षिण अफ्रिका केशव महाराजले १७.३ ओभरमा ७ मेडन सहित ३६ रन खर्चेर ५ विकेट लिए । तीव्र गतिका बलर कागिसो रबाडा ३ र लुन्गी एनगिडीले १ विकेट लिए ।

दक्षिण अफ्रिका दोस्रो इनिङमा १ सय ७४ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका मध्यक्रमका रास्सी भान डर डुसेन १ सय ४२ बलमा ५ चौका र १ छक्का सहित ७५ रनमा अविजित रहे । कागिसो रबाडा ४८ बलमा ५ चौका र १ छक्का सहित ४० रनमा आउट भए । वेस्ट इन्डिजका केमार रोचले सर्वाधिक ४ विकेट लिए । काईल मेयर्सले ३, क्रेग ब्रेथवेट, जेसन होल्डर र जयडेन सिल्सले १–१ विकेट लिए ।

त्यसअघि वेस्टइन्डिज १ सय ४९ रनमा अल आउट हुँदै पहिलो इनिङमा १ सय ४९ रनलेनै पछि परेको थियो । पहिलो इनिङमा वेस्टइन्डिजका शाई होपले ४३, जर्मेन ब्ल्याकवुडले ४९, काइल मेयर्स १२ र जेसन होल्डरले १० रन बनाए । दक्षिण अफ्रिका वियान मुल्डरले सर्वाधिक ३ विकेट लिए । रबाडा, एनगिडी र महाराजले २–२ विकेट लिए ।

ड्यारेन स्यामी नेशनल स्टेडियम सेन्ट लुसियामा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिका २ सय ९८ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका क्विन्टन डि कक १ सय ६२ बलमा ८ चौका सहित सर्वाधिक ९६ रनको योगदान दिए । मेयर्सले शाई होपबाट क्याच आउट गराएपछि उनी शतक बनाउन चार रनले चुकेका थिए । कप्तान तथा ओपनर डिएन एल्गरले २ सय ३७ बलमा ८ चौका सहित ७७ रनको योगदान दिए । वेस्ट इन्डिजले काईल मेयर्स र केमार रोचले ३–३ विकेट लिए । शेनन ग्याब्रियल २, जयडेन सिल्स र जेसन होल्डरले १–१ विकेट लिए ।

रबाडा प्लेयर अफ द म्याच चुनिए । क्विन्टन डि कक प्लेयर अफ द सिरिज चुनिए । पहिलो खेलमा दक्षिण अफ्रिका ६३ रनको इनिङ अन्तरले विजयी भएको थियो । वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच पाँच टि२० आई सिरिज हुने छ । पहिलो टि२० खेल २६ जुनमा हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.