4 years ago
June 22, 2021
एजेन्सी – बायाँ हाते स्पिनर केशव महाराजले ६१ वर्षपछि दक्षिण अफ्रिकाका लागि टेष्ट क्रिकेटमा ह्याट्रिक गरेका छन् । सोमबार राती वेस्ट इन्डिजविरुद्ध दोस्रो टेष्ट खेलमा चौथो दिन दोस्रो इनिङमा ३७ औं ओभरमा ह्याट्रिक गरेका थिए । टेष्टमा महाराज ह्याट्रिक गर्ने दक्षिण अफ्रिका दोस्रो बलर हुन् ।

टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाबाट सन् १९६० मा तीव्र गतिका बलर ज्योफ ग्रिफिनले इंग्ल्यान्डविरुद्ध लड्स मैदानमा जुन २४ मा ह्याट्रिक लिएका थिए । समग्रमा टेष्टमा ह्याट्रिक गर्ने उनी विश्वका ४६ औं बलर बनेका छन् । पछिल्लो पटक २०२० मा पाकिस्तानका युवा तीव्र गतिका बलर नसिम शाहले बंगलादेशविरुद्ध ह्याट्रिक गरेका थिए ।
महाराजले ३७ औं ओभरको तेस्रो बलमा ओपनर किरण पवेललाई ५२ रनमा एनरिच नोर्कियाबाट क्याच आउट गराएका थिए । बाउन्ड्रीको धुनमा स्वीप सट खेलेका पवेल डिप मिडविकेटमा नोर्कियाबाट समातिन पुगे । चौथो बलमा जेसन होल्डर ईन साइड एज लागेर सट लेगमा किगन पिटरसनबाट शून्यमा समाति पुगे ।
ह्याट्रिक बलको सामना गर्न आएका युवा विकेटकिपर जोशुवा डा शिल्भा बच्न सकेनन् । शिल्भा लेग स्लिपमा वियान मुल्डरले एक हातले उत्कृष्ट क्याच लिएपछि दक्षिण अफ्रिका टेष्टमा ६ दशक ह्याट्रिकको खडेरी तोडिएको थियो ।
दक्षिण अफ्रिका ओडिआईमा इमरान ताहिर, कागिसो रबाडा, जेपि ड्युमिनी र चार्ल लेन्गेभल्ड ले ह्याट्रिक लिएका छन् । टि२० आईमा भने दक्षिण अफ्रिकाबाट ह्याट्रिक आउन सकेको छैन । टि२० आईमा कुल १४ खेलाडीले ह्याट्रिक गरेका छन् । दक्षिण अफ्रिकाले दोस्रो टेष्ट खेलमा वेस्ट इन्डिजलाई १ सय ५८ रनको फराकिलो अन्तरले पराजित गर्दै दुई टेष्ट सिरिज २–० ले जितेको छ ।
सन् २०१७ पछि दक्षिण अफ्रिकाले विदेशमा पहिलो पटक टेष्ट सिरिज जितेको हो । पहिलो खेलमा दक्षिण अफ्रिका ६३ रनको इनिङ अन्तरले विजयी भएको थियो । वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच पाँच टि२० आई खेलको सिरिज हुने छ । पहिलो टि२० खेल २६ जुनमा हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]