default_image

3 years ago

June 22, 2021

भारतको कमजोर ब्याटिङ

एजेन्सी – भारतले आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा कमजोर सुरुवात गरेको छ । पाँचौं दिनको खेल सकिँदा भारतले ३० ओभरमा २ विकेट गुमाउँदै ६४ रन बनाएको छ । पहिलो इनिङमा ३२ रनले पछि परेको भारतले समग्रमा ३२ रनकै अग्रता लिएको छ । छैटौं दिन निर्णायक खेल हुने छ । वर्षाको कारण पहिलो […]

61 views

0 Bookmark

एजेन्सी – भारतले आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा कमजोर सुरुवात गरेको छ । पाँचौं दिनको खेल सकिँदा भारतले ३० ओभरमा २ विकेट गुमाउँदै ६४ रन बनाएको छ ।

पहिलो इनिङमा ३२ रनले पछि परेको भारतले समग्रमा ३२ रनकै अग्रता लिएको छ । छैटौं दिन निर्णायक खेल हुने छ । वर्षाको कारण पहिलो र चौथो दिन एक बल पनि खेल हुन सकेको थिएन । छैटौं दिन पनि खेल हुने छ । तर खेल बराबरीमा सकिने उच्च सम्भावना देखिन्छ । बराबरीमा सकिएमा संयुक्त विजेता घोषणा गरिने छ । भारतका कप्तान विराट कोहली १२ र चेतेश्वर पुजारा ८ रनमा अविजित छन् ।

भारतलाई ओपनर सुभमन गिल र रोहित शर्माले १०.४ ओभरमा २४ रनको साझेदारी गरेका थिए । गिललाई तीव्र गतिका बलर टिम साउथीले ८ रनमा एलबिडब्लू आउट गरे । साउथीले २६ औं ओभरको पाँचौं बलमा रोहितलाई ३० रनमा एलबिडब्लू आउट गर्दै न्युजिल्यान्डलाई दोस्रो सफलता दिलाएका थिए । रोहितले ८१ बलमा २ चौका प्रहार गरे ।

त्यसअघि पाँचौं दिन दोस्रो सेसनमा न्युजिल्यान्ड पहिलो इनिङमा ९९.२ ओभरमा २ सय ४९ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले १ सय ७७ बलमा ६ चौका सहित ४९ रनमा आउट भए । न्युजिल्यान्डलाई ओपनर टम लाथम र डेभन कन्वेले ३४.२ ओभरमा ७० रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए ।

स्पिनर रविचन्द्रन आश्विनको बलमा एक्स्ट्रा कभरमा सट खेल्नेक्रममा लाथम ३० रनमा विराट कोहलीबाट क्याच आउट हुन पुगे । लाथमले १ सय ४ बलमा ३ चौका प्रहार गरे । अर्का ओपनर कन्वे १ सय ५३ बलमा ६ चौका सहित ५४ रन बनाउँदै क्याच आउट भए । तीव्र गतिका बलर ईशान्त शर्माको बलमा मोहम्मद शामीबाट क्याच आउट हुन पुगेका थिए ।

शामीले अनुभवी ब्याट्सम्यान रस टेलेरलाई ११ रनमा सुभमन गिलबाट क्याच आउट गराए । हेनरी निकोलसलाई ईशान्तले ७ रनमा रोहितबाट क्याच आउट गराएका थिए । शामीले बिजे वाटलिङलाई १ रनमा बोल्ड आउट गरे । शामीले तल्लोक्रम पनि धरासय बनाए । कोलिन डि ग्रान्डहोमलाई १३ रनमा एलबिडब्लू आउट गर्दा काइल जेमिसनलाई २१ रनमा बुमराहबबाट क्याच आउट गराए । ईशान्तले कोहलीबाट क्याच गराएपछि विलियम्सन अर्धशतक बनाउन एक रनले चुकेका थिए ।

तल्लोक्रमका टिम साउथीले ४६ बलमा १ चौका र २ छक्का सहित ३० रनको योगदान दिए । भारतका तीव्र गतिका बलर मोहम्मद शामीले २६ ओभरमा ८ मेडन राख्दै ७६ रन खर्चेर ४ विकेट लिए । ईशान्त शर्माले २५ ओभरमा ९ मेडन सहित ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर रविचन्द्रन आश्विनले २ र रविन्द्र जडेजाले १ विकेट लिए ।

त्यसअघि इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा टस हारेर ब्याटिङ थालेको भारत तेस्रो दिन दोस्रो सेसनमा ९२।१ ओभरमा २ सय १७ रन अल आउट भएको थियो । भारतका अजिक्या रहाणेले सर्वाधिक ४९ रनको योगदान दिए । न्युजिल्यान्डको उत्कृष्ट तीव्र गतिको बलिङ आक्रमण र जामिसनको घातक बलिङ सामू भारतका कुनैपनि ब्याट्सम्यानले खुलेर रन जोड्न सकेनन् । तेस्रो दिन भारतले ६४।४ ओभरमा १४६–३ को अवस्थाबाट सुरु गरेको थियो ।

दोस्रो दिन ओपनर रोहित शर्मा र सुभमन गिलले भारतलाई पहिलो विकेटका लागि २०.१ ओभरमा ६२ रन जोड्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर काईल जामिसनले रोहितलाई स्लिपमा टिम साउथीबाट ३४ रनमा उत्कृष्ट क्याच गराउँदै पहिलो सफलता दिलाए । रोहितको विकेट पछि न्युजिल्यान्डले खेलमा राम्रो पूनरागमन गर्न सफल भएको थियो ।

रोहितले ६८ बलमा ६ चौका प्रहार गरे । २५ औं ओभरको तेस्रो बलमा तीव्र गतिका बलर निल वाग्ररको बलमा एज लागेर गिल २८ रनमा विकेटकिपर बिजे वाटलिङबाट क्याच आउट हुन पुगे । गिलले ६४ बलमा ३ चौका प्रहार गरे । ४१ औं ओभरको दोस्रो बलमा अर्का तीव्र गतिका बलर ट्रेन्ट बोल्टले प्रमुख ब्याट्सम्यान चेतेश्वर पुजारालाई ८ रनमा एलबिडब्लू आउट गर्दै भारतमाथि दबाब बढाए । पुजारालाई खाता खोल्न ३६ बल लागेको थियो । पुजाराले ५४ बल खेल्दै २ चौका प्रहार गरे । चौथो विकेटका लागि कोहली र हराणेले १ सय ६५ बलमा ६१ रनको साझेदारी गरेका थिए ।

तेस्रो दिन कप्तान विराट कोहलीलाई काईल जामिसनले ४४ रनमा एलबिडब्लू आउट गर्दै न्युजिल्यान्डलाई सर्वाधिक ठूलो सफलता दिलाए । कोहलीले तेस्रो दिन ८ बल खेलेपनि कुनैपनि रन जोड्न नसकि आउट भएका थिए । कोहलीले १ सय ३२ बलमा १ चौका प्रहार गरे । जामिसनले विकेटकिपर ऋषभ पन्तलाई ४ रनमा टम लाथमबाट क्याच आउट गराए ।

प्रमुख पाँच ब्याट्सम्यान गुमाउँदै समस्यामा गरेको भारतलाई उपकप्तान अजिंक्या रहाणेले राम्रो योगफलको सम्भावना देखाएका थिए । तर निल वाग्ररको सट बलमा रहाणे लाथमबाट ४९ रनमा क्याच आउट हुन पुगे । रहाणेले १ सय १७ बलमा ५ चौका प्रहार गरे । टिम साउथीको बलमा रविचन्द्रन आश्विन २२ रनमा क्याच आउट हुन पुगे । जामिसनले ईशान्त शर्मालाई ४ र जस्प्रित बुमराहलाई शून्यमा आउट गर्दै ह्याट्रिक नजिक पुगेका थिए । बोल्ट्रले जडेजालाई १५ रनमा बिजे वाटलिङ क्याच गराउँदै अल आउट गरेका थिए । वर्षाको कारण पहिलो र चौथो दिन एक पनि बल हुन सकेको थिएन ।

तीव्र गतिका बलर काइल जामिसनले २२ ओभरमा १२ मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिए । निल वाग्रर र ट्रेन्ट बोल्टले २-२ विकेट लिए । टिम साउथीको नाममा १ विकेट रह्यो ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.