4 years ago
June 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमिय लिग (इपिएल) को फ्रेन्चाइज टोली काठमाडौं किंग्स–११ ले मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन माग गरेको छ । बुधबार काठमाडौं किंग्स–११ ले २०२१ को सिजनको लागि मुख्य प्रशिक्षकलाई खुल्ला आवेदन माग गरेको हो ।

यसअघि २०१८ को संस्करणमा काठमाडौंको मुख्य प्रशिक्षकमा विनोद दास थिए । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका विनोद गत पुषमा नेपाल क्रिकेट संघ (क्यान) को म्यानेजर पदमा नियुक्त भएपछि मुख्य प्रशिक्षकको लागि आवेदन माग गरेको हो ।
स्वेदश र विदेश जो कोहिले आवेदन दिन सक्ने छन् । फ्रेन्चाइज टोलीको विकास, अभ्यास योजना, टोली नेतृत्वको उत्कृष्ट क्षमता र प्रशिक्षकको उदेश्य टिमको उत्कृष्ट प्रर्दशन र नतिजा ल्याउन सक्ने गुण भएको क्षमता प्रशिक्षकमा हुनुपर्ने छ । कम्तिमा आइसिसी वा एसिसीको लेभल–२ पास गरेको वा त्यो भन्दा क्षमता भएको हुनुपर्ने जनाएको छ ।
कम्तिमा दुई वर्ष फ्रेन्चाइज टिम वा अन्तर्राष्ट्रिय लिगको अनुभव हुनुपर्ने छ । त्यस्तै नेपाली क्रिकेटको बारे राम्रो जानकार भएको, दबाबमा काम गर्न सक्ने, खेलाडी, टिम ब्यवस्थापनसँग राम्रो सम्बन्ध राख्न सक्ने, प्रथम श्रेणी वा अन्तर्राष्ट्रिय खेलको अनुभव भएको र ५० वर्ष भन्दा कमका नेपाली उपयुक्त हुने जनाएको छ । आगमी २० जुलाई सम्म आवेदन दिन सक्ने सक्छन् । काठमाडौंले केहि समय अघि फिजियोमा सागर पाण्डेलाई नियुक्त गरेको थियो ।

काठमाडौं किंग्स–११ मा गतवर्ष कोरोना महामारी अघि काठमाडौंले विदेशी खेलाडीको रुपमा न्युजिल्यान्डका स्टार अलराउन्डर कोरी एन्डरसन र आयरल्यान्डका केभीन ओ ब्रायनलाई टोलीमा अनुबन्ध गरेको थियो । तर कोरोनाको कारण इपिएल समयै नहुँदा उक्त विदेशी खेलाडी आउने वा नआउने स्पष्ट भने भएको छैन ।
काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी छन् ।चौथो संस्करणको इपिएल आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने कार्यक्रम छ । कोरोना महामारीको कारण स्थगित हुँदै आएको इपिएलले आन्तरिका तयारी थालि सकेको छ ।

December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]