default_image

3 years ago

June 23, 2021

भारतलाई हराउँदै न्युजिल्यान्ड टेस्ट च्याम्पियन

एजेन्सी – न्युजिल्यान्डले भारतलाई हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप उपाधि जितेको छ । बुधबार फाइनलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै यस प्रतियोगिताको पहिलो संस्करण जित्दै इतिहास रचेको हो । टेस्ट इतिहासमा पहिलो पटक भएको च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डले भारतले प्रस्तुत गरेको १ सय ३९ रनको विजयी लक्ष्य ओभरमा विकेट गुमाउँदै पूरा गर्दै इतिहास रचेको हो । […]

73 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले भारतलाई हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप उपाधि जितेको छ । बुधबार फाइनलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै यस प्रतियोगिताको पहिलो संस्करण जित्दै इतिहास रचेको हो ।

टेस्ट इतिहासमा पहिलो पटक भएको च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डले भारतले प्रस्तुत गरेको १ सय ३९ रनको विजयी लक्ष्य ओभरमा विकेट गुमाउँदै पूरा गर्दै इतिहास रचेको हो । न्युजिल्यान्डले दोस्रो पटक आइसिसीको उपाधि जितेको हो । यसअघि न्युजिल्यान्डले सन् २००० मा भारतलाई फाइनलमा ४ विकेटले हराउँदै आइसीसी नक आउट (च्याम्पियन्स ट्रफी) उपाधि जितेको थियो ।

पहिलो र चौथो दिन वर्षाको कारण एक बल पनि हुन नसक्दा बराबरीतर्फ अघि बढेको खेलमा न्युजिल्यान्डले अन्तिम तथा छैटौं दिन (रिजर्भ डे) ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको हो । उपाधिसँगै च्याम्पियन न्युजिल्यान्डले १६ लाख डलर र उपविजेता भारतले ८ लाख डलर प्राप्त गर्नेछन् ।

भारत भने पुन: एकपटक विराट कोहलीको कप्तानीमा आइसीसी उपाधि जित्नबाट बन्चित भएको छ । कोहलीले कप्तानी सम्हालेयता भारतले आइसीसीको अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । पछिल्लोपटक सन् २०१९ को आइसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग नै पराजित भारतले यसपटक पनि त्यसको बदला लिन सकेन ।

न्युजिल्यान्डका अनुभवी ब्याट्सम्यान रस टेलर १ सय बलमा ६ चौका सहित ४७ रनमा अविजित रहे । कप्तान केन विलियम्सनले अर्धशतक प्रहार गर्ने क्रममा ८९ बलमा ८ चौका सहित ५२ रनमा अविजित इनिङ खेले । तेस्रो विकेटका लागि टेलर र विलियम्सनले ९६ रनको अविजित साझेदारी गर्दै आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भए ।

ओपनर टम लाथम र डेभन कन्वेले ३३ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । स्पिनर रविचन्द्रन आश्विनको बलमा अघि बढेर ठूलो सट खेल्ने क्रममा मिस भएपटि लाथम ९ रनमा स्टम्पिङ आउट भएका थिए । राम्रो सुरुवात दिलाएका अर्का ओपनर कन्वेलाई आश्विनले १९ रनमा एलबिडब्लू आउट गरे । कन्वेले ४७ बलमा ४ चौका प्रहार गरे । त्यसपछि दुई सर्वाधिक अनुभवी खेलाडी टेलर र विलियम्सनले उत्कृष्ट साझेदारी गर्दै जित पक्का गराएका थिए । भारतका स्पिनर रविचन्द्रन आश्विनले २ विकेट लिए ।

त्यसअघि अन्तिम तथा छैटौं दिन भारत दोस्रो इनिङमा ७३ ओभरमा १ सय ७० रनमा अल आउट हुन पुग्यो । पहिलो इनिङमा ३२ रनले पछि परेको भारतले समग्रमा १ सय ३८ रनको अग्रता लिएको थियो । भारतलाई ओपनर सुभमन गिल र रोहित शर्माले १०.४ ओभरमा २४ रनको साझेदारी गरेका थिए । गिललाई तीव्र गतिका बलर टिम साउथीले ८ रनमा एलबिडब्लू आउट गरे । साउथीले २६ औं ओभरको पाँचौं बलमा रोहितलाई ३० रनमा एलबिडब्लू आउट गर्दै न्युजिल्यान्डलाई दोस्रो सफलता दिलाएका थिए । रोहितले ८१ बलमा २ चौका प्रहार गरे ।

छैटौं दिन सुरुवातमै कप्तान विराट कोहलीलाई तीव्र गतिका बलर काइल जेमिसनले १३ रनमा विकेटकिपर बिजे वाटलिङबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाएका थिए । जेमिसनले अर्का प्रमुख ब्याट्सम्यान चेतेश्वर पुजारालाई १५ रनमा रस टेलरबाट क्याच आउट गराएपछि न्युजिल्यान्ड खेलमा हाबी बनेको थियो । ट्रेन्ट बोल्टले अजिक्या रहाणेलाई १५ रनमा वाटलिङबाट क्याच गराउँदै भारतलाई संकटमा पुर्याएका थिए । रविन्द्र जडेजा निल वाग्ररको बलमा १६ रनमा विकेटकिपरबाट क्याच आउट हुन पुगे ।

भारतलाई विकेटकिपर ऋषभ पन्तले केहि आशा दिलाएका थिए । ट्रेन्ट बोल्टले हेनरी निकोलसबाट पन्तलाई ४१ रनमा क्याच आउट गराएपछि न्यजिल्यान्डको सम्भावना बढेको थियो । पन्तले ८८ बलमा ४ चौका प्रहार गरे । त्यसअघि पन्तले ब्यक्तिगत ५ रनमा ठूलो जीवनदान पाएका थिए । ४० औं ओभरको अन्तिम बलमा पन्तको सहज क्याच स्लिपमा टिम साउथीले छोड्न पुगेका थिए । मोहम्मद शामी १३ रनमा आउट भए ।


न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले १५ ओभरमा २ मेडन सहित ३९ रन खर्चेर ३ विकेट लिए । टिम साउथीले १९ ओभरमा ४ मेडन राख्दै ४८ रन खर्चेर ४ विकेट लिए । काइल जेमिसनले २ र निल वाग्ररले १ विकेट लिए ।

त्यसअघि पाँचौं दिन दोस्रो सेसनमा न्युजिल्यान्ड पहिलो इनिङमा ९९.२ ओभरमा २ सय ४९ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले १ सय ७७ बलमा ६ चौका सहित ४९ रनमा आउट भए । न्युजिल्यान्डलाई ओपनर टम लाथम र डेभन कन्वेले ३४.२ ओभरमा ७० रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए ।

स्पिनर रविचन्द्रन आश्विनको बलमा एक्स्ट्रा कभरमा सट खेल्नेक्रममा लाथम ३० रनमा विराट कोहलीबाट क्याच आउट हुन पुगे । लाथमले १ सय ४ बलमा ३ चौका प्रहार गरे । अर्का ओपनर कन्वे १ सय ५३ बलमा ६ चौका सहित ५४ रन बनाउँदै क्याच आउट भए । तीव्र गतिका बलर ईशान्त शर्माको बलमा मोहम्मद शामीबाट क्याच आउट हुन पुगेका थिए ।

शामीले अनुभवी ब्याट्सम्यान रस टेलेरलाई ११ रनमा सुभमन गिलबाट क्याच आउट गराए । हेनरी निकोलसलाई ईशान्तले ७ रनमा रोहितबाट क्याच आउट गराएका थिए । शामीले बिजे वाटलिङलाई १ रनमा बोल्ड आउट गरे । शामीले तल्लोक्रम पनि धरासय बनाए । कोलिन डि ग्रान्डहोमलाई १३ रनमा एलबिडब्लू आउट गर्दा काइल जेमिसनलाई २१ रनमा बुमराहबाट क्याच आउट गराए । ईशान्तले कोहलीबाट क्याच गराएपछि विलियम्सन अर्धशतक बनाउन एक रनले चुकेका थिए ।

तल्लोक्रमका टिम साउथीले ४६ बलमा १ चौका र २ छक्का सहित ३० रनको योगदान दिए । भारतका तीव्र गतिका बलर मोहम्मद शामीले २६ ओभरमा ८ मेडन राख्दै ७६ रन खर्चेर ४ विकेट लिए । ईशान्त शर्माले २५ ओभरमा ९ मेडन सहित ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर रविचन्द्रन आश्विनले २ र रविन्द्र जडेजाले १ विकेट लिए ।

त्यसअघि इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा टस हारेर ब्याटिङ थालेको भारत तेस्रो दिन दोस्रो सेसनमा ९२.१ ओभरमा २ सय १७ रन अल आउट भएको थियो । भारतका अजिक्या रहाणेले सर्वाधिक ४९ रनको योगदान दिए । न्युजिल्यान्डको उत्कृष्ट तीव्र गतिको बलिङ आक्रमण र जामिसनको घातक बलिङ सामू भारतका कुनैपनि ब्याट्सम्यानले खुलेर रन जोड्न सकेनन् । तेस्रो दिन भारतले ६४.४ ओभरमा १४६–३ को अवस्थाबाट सुरु गरेको थियो ।

दोस्रो दिन ओपनर रोहित शर्मा र सुभमन गिलले भारतलाई पहिलो विकेटका लागि २०।१ ओभरमा ६२ रन जोड्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर काईल जामिसनले रोहितलाई स्लिपमा टिम साउथीबाट ३४ रनमा उत्कृष्ट क्याच गराउँदै पहिलो सफलता दिलाए । रोहितको विकेट पछि न्युजिल्यान्डले खेलमा राम्रो पूनरागमन गर्न सफल भएको थियो ।

रोहितले ६८ बलमा ६ चौका प्रहार गरे । २५ औं ओभरको तेस्रो बलमा तीव्र गतिका बलर निल वाग्ररको बलमा एज लागेर गिल २८ रनमा विकेटकिपर बिजे वाटलिङबाट क्याच आउट हुन पुगे । गिलले ६४ बलमा ३ चौका प्रहार गरे । ४१ औं ओभरको दोस्रो बलमा अर्का तीव्र गतिका बलर ट्रेन्ट बोल्टले प्रमुख ब्याट्सम्यान चेतेश्वर पुजारालाई ८ रनमा एलबिडब्लू आउट गर्दै भारतमाथि दबाब बढाए । पुजारालाई खाता खोल्न ३६ बल लागेको थियो । पुजाराले ५४ बल खेल्दै २ चौका प्रहार गरे । चौथो विकेटका लागि कोहली र हराणेले १ सय ६५ बलमा ६१ रनको साझेदारी गरेका थिए ।

तेस्रो दिन कप्तान विराट कोहलीलाई काईल जामिसनले ४४ रनमा एलबिडब्लू आउट गर्दै न्युजिल्यान्डलाई सर्वाधिक ठूलो सफलता दिलाए । कोहलीले तेस्रो दिन ८ बल खेलेपनि कुनैपनि रन जोड्न नसकि आउट भएका थिए । कोहलीले १ सय ३२ बलमा १ चौका प्रहार गरे । जामिसनले विकेटकिपर ऋषभ पन्तलाई ४ रनमा टम लाथमबाट क्याच आउट गराए ।

प्रमुख पाँच ब्याट्सम्यान गुमाउँदै समस्यामा गरेको भारतलाई उपकप्तान अजिंक्या रहाणेले राम्रो योगफलको सम्भावना देखाएका थिए । तर निल वाग्ररको सट बलमा रहाणे लाथमबाट ४९ रनमा क्याच आउट हुन पुगे । रहाणेले १ सय १७ बलमा ५ चौका प्रहार गरे । टिम साउथीको बलमा रविचन्द्रन आश्विन २२ रनमा क्याच आउट हुन पुगे । जामिसनले ईशान्त शर्मालाई ४ र जस्प्रित बुमराहलाई शून्यमा आउट गर्दै ह्याट्रिक नजिक पुगेका थिए । बोल्ट्रले जडेजालाई १५ रनमा बिजे वाटलिङ क्याच गराउँदै अल आउट गरेका थिए । वर्षाको कारण पहिलो र चौथो दिन एक पनि बल हुन सकेको थिएन ।

तीव्र गतिका बलर काइल जामिसनले २२ ओभरमा १२ मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिए । निल वाग्रर र ट्रेन्ट बोल्टले २-२ विकेट लिए । टिम साउथीको नाममा १ विकेट रह्यो ।

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

Success

Thank you for your time.