default_image

4 years ago

June 24, 2021

जेमिसन फाइनलका म्यान अफ द म्याच

186 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर काईल जेमिसन आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा प्लेयर अफ द म्याच चुनिएका छन् । बुधबार राती फाइनलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदा जेमिसनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

भारतले प्रस्तुत गरेको १ सय ३९ रनको विजयी लक्ष्य अन्तिम दिन अन्तिम सेसनमा न्युजिल्यान्डले ४५.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । केन विलियम्सन ५२ र रस टेलर ४७ रनमा अविजित रहे । त्यसअघि भारतलाई दोस्रो इनिङमा १ सय ७० रनमा अल आउट गर्दा जेमिसनले दुई महत्वपूर्ण विकेट लिएका थिए ।

छैटौं दिनको सुरुवातमै जेमिसनले विराट कोहली र चेतेश्वर पुजारालाई क्याच आउट गर्दै न्युजिल्यान्डलाई खेलमा हाबी बनाएका थिए । भारतका प्रमुख ब्याट्सम्यान विराट कोहली १३ र पुजारा १५ रनमा क्याच आउट भएका थिए । पहिलो इनिङमा पनि जेमिसनले २२ ओभरमा १२ मेडन सहित ३१ रन खर्चेर ५ प्रमुख विकेट लिएपछि भारत २ सय १७ रनमै अल आउट भएको थियो ।

पहिलो इनिङमा जेमिसनले रोहित शर्मा, विराट कोहली, ऋषभ पन्त, ईशान्त शर्मा र जस्प्रित बुमराहको विकेट लिएका थिए । ब्याटिङतर्फ १ छक्का सहित २१ रन जोडेका थिए । न्युजिल्यान्डलाई दोस्रो स्थानमा हुँदै फाइनल सम्म पुर्याउन पनि जेमिसनको योगदान महत्वपूर्ण थियो ।

जेमिसनले २०२० फेब्रुअरीमा भारतविरुद्ध टेष्टमा डेब्यू गरेका थिए । जेमिसनले मात्र ८ टेष्ट खेलमा ४६ विकेट लिई सकेका छन् । जसमा पाँच पटक पाँच माथि विकेट लिएका छन् । एक पटक १० माथि विकेट लिएका छन् ।

पहिलो र चौथो दिन बर्षाको कारण एक बल पनि हुन सकेको थिएन । पाँचौं दिन सम्म खेल बराबरीको सम्भावना उच्च देखिएको थियो । दोस्रो दिन अन्तिम सेसन प्रभावित बनेको थियो । तर छैटौं दिन न्युजिल्यान्डले ब्याटिङ र बलिङ दुबैमा सर्वोत्कृष्ट प्रदर्शनका साथ उपाधि जित्न सफल भयो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.