default_image

4 years ago

June 24, 2021

भारतले फाइनल हार्नुको पाँच कारण

144 views

0 Bookmark

एजेन्सी – भारत बुधबार राती आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित हुन पुग्योे । इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा भारतले अपेक्षा भन्दा धेरै कमजोर प्रदर्शन गर्यो । पहिलो र चौथो दिन वर्षाको कारण टेस्ट छैटौं दिन रिजर्भ डेमा धकेलिएको थियो ।

तर छैटौं दिन ६४–२ को अवस्थाबाट सुरुवात गरेको भारतले खराब प्रदर्शनका साथ १ सय ७० रनमा अल आउट भएको थियो । ब्याटिङमा न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शनका साथ उपाधि जित्न सफल भयो । भारतलाई बराबरीमा रोक्दै संयुक्त विजेता बन्ने राम्रो अवसर रहेपनि त्यसलाई सदुपयोग गर्न सकेन । न्युजिल्यान्डले दोस्रो पटक आइसिसीको उपाधि जितेको हो । यसअघि न्युजिल्यान्डले सन् २००० मा भारतलाई फाइनलमा ४ विकेटले हराउँदै आइसीसी नक आउट (च्याम्पियन्स ट्रफी) उपाधि जितेको थियो ।

केन विलियम्सनले आफ्नो कप्तानीमा पहिलो उपाधि जित्न सफल भयो । यता सिरिजमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको भारत फाइनलमा उपाधि जित्न पुन चुकेको छ । पछिल्ला पाँच वर्षमा आईसिसीको टेस्ट वरियतामा शीर्ष स्थानमा रहेको भारत फाइनलमा न्युजिल्यान्ड सामू निरिह बन्यो । भारतले पछिल्लो पटक सन् २०१३ च्याम्पियन्स ट्रफी उपाधि जितेको थियो । सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसीको प्रतियोगितामा भने असफल हुँदै आएको छ ।

टेस्ट इतिहासमा पहिलो पटक च्याम्पियनसिप फाइनल हुँदा यसको महत्व झनै बढी थियो । विराट कोहलीको कप्तानीमा भारतले आइसिसीको पहिलो उपाधि जित्ने सपना पुन अधुरै बनेको छ । भारतले फाइनल हार्नुको पाँच कारण ।

५. टस हार्नु

फाइनल खेलमा टस निकै महत्वपूर्ण हुन्छ । टसलाई भाग्य पनि भनिन्छ । टस जित्दा आफ्नो रणनीति अनुसार खेल्न पाईन्छ । हार्दा मोमेन्ट र मनोबलमा असर पार्छ । वर्षाको कारण पहिलो दिन टस पनि हुन सकेन । दोस्रो दिन भारतले टस हार्न पुग्यो । भारतलाई आफ्नो प्लेइङ ११ परिवर्तन गर्ने अवसर पनि थियो । तर गरेन ।

पहिलो दिन वर्षाको कारण न्युजिल्यान्डका तीव्र गतिका बलरलाई अझ धेरै फाइदा भयो । असिलो आउट फिल्ट र पिचका कारण भारतीय ब्याट्सम्यानलाई दोस्रो र तेस्रो दिन ब्याटिङका लागि कठिन बनेको थियो । जसको कारण टस हार्नु भारतको हारको एक कारण बन्न पुग्यो ।

४. जेमिसनको घातक बलिङ

न्युजिल्यान्डका तीव्र गतिका बलर काईल जेमिसन सामू भारतीय ब्याट्सम्यान निरिह सावित भए । जेमिसनको बाउन्स र स्वींग बल सामू कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । पहिलो इनिङमा जेमिसनले विराट कोहली, रोहित शर्मा, ऋषभ पन्त जस्ता प्रमुख ब्याट्सम्यानलाई आउट गर्दै भारतलाई पूरै दबाबमा राखेका थिए । तल्लोक्रमका ईशान्त शर्मा र जस्प्रित बुमराहको विकेट लिएका थिए ।

दोस्रो इनिङमा जेमिसनले विराट र चेतेश्वर पुजारा जस्ता प्रमुख ब्याट्सम्यानलाई पुरै भारतलाई दबाबमा राखेका थिए । ६ फिट ८ इन्च अग्ला जेमिसनको बलिङको गतिको चाल भारतीय ब्याट्सम्यानले बुझ्न सकेनन् । जेमिसनलाई ट्रेन्ट बोल्ट, टिम साउथी र निल वाग्ररले पनि राम्रो साथ दिए ।

न्युजिल्यान्डको धारिलो तीव्र गतिको बलिङ सामू भारतीय ब्याट्सम्यानले संघर्ष गर्नुपर्यो । पहिलो इनिङमा वाग्रर र बोल्टले २–२ विकेट लिए । दोस्रो इनिङमा टिम साउथीले ४ र बोल्टले ३ विकेट लिएका थिए । भारतले हार्नुको कारणमा जेमिसनको घातक बलिङ र न्युजिल्यान्डको उत्कृष्ट बलिङ पर्दछ ।

३. तीन तीव्र गतिका बलरमा निर्भर हुनु

पिच तीव्र गतिका बलरलाई अत्याधिक सहयोग गर्ने थियो । त्यसैको कारण न्युजिल्यान्ड स्पिनर विनानै मैदान उत्रेको थियो । चार प्रमुख तीव्र गतिका बलरलाई छाडेर कोलिन डि ग्रान्डहोमलाई मैदान उतारेको थियो । चार प्रमुख तीव्र गतिका बलरको भरपूर्ण सदुपयोग र फाइदा उठाउदै ऐतिहासिक उपाधि जित्न सफल भयो । तर भारत जस्प्रित बुमराह, ईशान्त शर्मा र मोहम्मद शामीका साथ मैदान उत्रेको थियो ।

भारतसँग चौथो तीव्र गतिको बलरको विकल्प थिएन । जुन ठूलो कमजोरी बन्यो । शामी बाहेक अन्य बलर स्वींगका लागि संघर्ष गरेका थिए । दोस्रो इनिङमा तीनै तीव्र गतिका बलर विकेट विहिन बने । पहिलो इनिङमा शामीले ४ र ईशान्तले ३ विकेट लिएका थिए । बुमराहले दुबै इनिङमा विकेट लिन सकेनन् । प्रमुख बलरले विकेट लिन नसक्दा चौथो रोजाईको प्रभावकारी हुन सक्थ्यो ।

जसको फाइदा न्युजिल्यान्डका ब्याट्सम्यानले उठाए । विशेष गरेर तीव्र गतिका बलिङ अलराउन्डरको अभाव भारतको खेलमा खड्किएको थियो । हार्दिक पाण्ड्या अभाव भारतलाई अत्याधिक खड्किएको थियो । भारत एक स्पिनरको ठाउँमा शार्दूल ठाकुर र मोहम्मद शिराज मध्य एकलाई मौका दिनुपर्ने थियो । पिच र कन्डिसलाई हेर्दा उमेश यादव र भुवनेश्वर कुमार बढी प्रभावकारी बन्न सक्थें । भुनवेश्वर भने भ्रमण टोलीमै थिएनन् ।

२. खराब ब्याटिङ

भारतको हारको एक प्रमुख कारणमा खराब ब्याटिङ पर्दछ । भारत दुई अलराउन्डर रविचन्द्रन आश्विन र रविन्द्र जडेजा बाहेक प्रमुख ६ ब्याट्सम्यानका साथ मैदान उत्रेको थियो । खेल जित्न बलिङ मात्र पर्याप्त हुँदैन । ब्याटिङ पनि त्यतिनै उत्कृष्ट हुनुपर्छ । पहिलो इनिङमा भारतीय बलरले उच्च प्रदर्शनका साथ न्युजिल्यान्डलाई २ सय ४९ रनमा रोकेका थिए । अजिक्या रहाणे, विराट कोहली र चेतेश्वर पुजारा जस्ता प्रमुख टेष्ट विशेष ब्याट्सम्यान थिए । तर भारत पहिलो इनिङमा २ सय १७ र दोस्रो इनिङमा १ सय ७० रनमा आउट भयो ।

भारतका कुनैपनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् । सर्वाधिक रन अजिंक्या रहाणेले पहिलो इनिङमा ४९ रन बनाएका थिए । पहिलो इनिङमा गिलले २८ र रोहितले ३४ रनका साथ राम्रो सुुरुवात दिलाएका थिए । पुजारा पहिलो इनिङमा ८, पन्त ४ र कोहली ४४ रनमा आउट भए । दोस्रो इनिङमा रोहित ३०, गिल ८, पुजारा १५, कोहली १३, रहाणे १५ र पन्त ४१ रनमा आउट भए ।

कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । विशेष गरेर पुजारा र कोहलीको ब्याट नचल्नु भारतको लागि ठूलो घातक बन्यो । उता न्युजिल्यान्डका केन विलियम्सन, डेभन कन्वे र रस टेलरले जिम्मेवारी ब्याटिङका साथ जित सहज बनाए । खराब ब्याटिङ हारको कारण बन्न पुग्यो

१. दुई स्पिनर खेलाउने निर्णय

भारतको हारको मुख्य कारण प्लेइङ ११ मा दुई स्पिर खेलाउनु हो । भारतले फाइनलमा खेलाएको प्लेइङ–११ उसको उत्कृष्ट टोली हो । यसमा कुनै शंका छैन । साउथह्याप्टनमा स्पिनर खासै उपयोगी मानिदैन । त्यसैले केन विलियम्सन चलाखीको साथ स्पिनर विनानै मैदान उत्रेका थिए । विलियम्सनले चार प्रमुख र एक पार्टटाईम गरि पाँच तीव्र गतिका बलर मैदान उतारेका थिए । तर कोहलीले दुई स्पिनर खेलाउने निर्णय लिए ।

कहिले काहिँ पिच र कन्डिसनलाई हेरेर जोखिम लिनुपर्ने हुन्छ । तर भारतले त्यो जोखिम लिएन । जडेजा र आश्विन दुबैलाईसँगै खेलाउने निर्णय लियो । जुन घातक बन्यो । दुई स्पिनर खेलाउँदा तीन मात्र तीव्र गतिका बलर खेलाउनु पर्यो । तर सफल हुन सकेनन् । आश्विनले पहिलो र दोस्रो इनिङमा २–२ विकेट लिए । रविन्द्र जडेजाले पहिलो इनिङमा अन्तिम विकेटको रुपमा साउथीलाई आउट गर्दा दोस्रो खेलमा लिन सकेनन् ।

जडेजाले पहिलो इनिङमा ७.२ र दोस्रो इनिङमा ८ ओभर बलिङ गरे । आश्विन प्रमुख स्पिनर हुन् । उनको विकल्प छैन । तर भारतले जडेजाको ठाउँमा एक तीव्र गतिको बलर खेलाउन सक्थ्यो । चार प्रमुख तीव्र गतिका बलरका साथ मैदान उत्रेको भए नतिजा अर्कै आउन सक्थ्यो । तर कोहली ब्याटिङ बलियो बनाउन जडेजालाई पनि खेलाए । जडेजाले दुई इनिङमा ३१ रन मात्र बनाए । आफ्ना प्रमुख ब्याट्सम्यानमाथि विश्वासका साथ चार तीव्र गतिका बलर खेलाउनु पर्ने थियो । अझ लगातार वर्षाले तीव्र गतिका बलरलाई झनै सहज बनाईदिएको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.