default_image

4 years ago

June 24, 2021

बटलरको अर्धशतकमा श्रीलंकामाथि इंग्ल्यान्डको जित

146 views

0 Bookmark

एजेन्सी – ओपनर तथा विकेटकिपर जस बटलरको अर्धशतकमा इंग्ल्यान्डले श्रीलंकाविरुद्ध पहिलो टि२० आई खेलमा ८ विकेटको सहज जित हात पारेको छ । यो जितसँगै घरेलु टोली इंग्ल्यान्डले तीन टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जितका लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । बटलर ५५ बलमा ८ चौका र १ छक्का सहित ६८ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिए । अर्का ओपनर जेसन रोय २२ बलमा ४ चौका र १ छक्का सहित ३६ रनमा आउट भए । पहिलो विकेटका लागि बटलर र रोयले ९.१ ओभरमा ८० रनको उत्कृष्ट साझेदारी गरेका थिए । डेविड मलान ७ रनमा आउट हुँदा जोनी बेयरस्टो १३ रनमा अविजित रहे । श्रीलंका ईसुरु उडाना र दुश्मन्था चमिराले १–१ विकेट लिए ।


त्यसअघि कार्डीफमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । तल्लोक्रमका दसुन शनकाले ४४ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए । कप्तान कुसल पेरेराले २६ बलमा १ चौका र १ छक्का सहित ३० र ओपनर दनुष्का गेणाथिलकाले १९ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । इंग्ल्यान्डका साम करण र आदिल राशिदले २–२ विकेट लिए । मार्कवुड, क्रिस जोर्डन र लिभिङस्टोनले १–१ विकेट लिए । दोस्रो विहिबार राती हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.