4 years ago
June 24, 2021
एजेन्सी – न्युजिल्यान्डले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा भारतलाई ८ विकेटले हराउँदै ऐतिहासिक उपाधि जितेको छ । टेस्ट इतिहासमा पहिलो पटक भएको च्याम्पियनसिपमा न्युजिल्यान्ड सर्वोत्कृष्ट प्रदर्शनका साथ उपाधि जित्न सफल भयो । न्युजिल्यान्डले दोस्रो पटक आइसिसीको उपाधि जितेको हो ।

यसअघि सन् २००० मा केन्यामा सम्पन्न आइसिसी नक आउट (च्याम्पियन्स ट्रफी) को फाइनलमा भारतलाईनै ४ विकेटले हराउँदै उपाधि जितेको थियो । टोलीले एकदिवसिय र टि२० विश्वकप उपाधि भने जित्न सकेको छैन । न्युजिल्यान्डले पछिल्ला दुई एकदिवसिय संस्करणको लागातार फाइनल खेल्दा उपाधि जित्न सकेन । टि२० विश्वकपको फाइनल सम्म पुग्न सकेको छैन ।
सन् २०१९ को एकदिवसिय विश्वकपमा सुपर ओभर बराबर भएपछि बाउन्ट्री काउन्टको आधारमा इंग्ल्यान्डसँग पराजित हुन पुगेको थियो । त्यसको दुई वर्षपछि इंग्ल्यान्डमै उपाधिका साथ खुसी फर्काएको छ । असफल र अभागी टोलीको ट्याग अन्त्य गरेको छ ।
फाइनल वर्षा र ब्याड लाइटले नराम्रोसँग प्रभावित बनेको थियो । पहिलो दिन टस पुन हुन नपाई रद्द भएको थियो । दोस्रो दिन ब्याड लाइटको कारण ६५ ओभर मात्र सम्भव भएको थियो । चौथो दिन पनि भारी वर्षाको कारण एक बल पनि हुन सकेको थिएन । आइसिसीले यसअघि कुनै कारण बस पाँच दिन पूरा खेल हुन नसके छैटौं दिन रिजर्भ डे खेलाउने निर्णय लिएको थियो । जुन न्युजिल्यान्डलाई फलिफाफ भयो ।
दुई वर्ष अघि आइसिसीको नियमकै कारण विश्वकप जित्न बाट बञ्जित भएको थियो । बराबरीतर्फ अघि बढेको फाइनलमा न्युजिल्यान्डले उत्कृष्ट अनुसाशित प्रदर्शनका साथ उपाधि जित्न सफल भयो । न्युजिल्यान्डलाई फाइनल जिताउन सर्वाधिक महत्वपूर्ण योगदान दिने पाँच खेलाडी :
५. डेभन कन्वे

बायाँ हाते ओपनर डेभन कन्वेले आफ्नो करिअरको तेस्रो टेष्ट खेल खेलि रहेका थिए । यसै महिनाको सुरुवातमा इंग्ल्यान्डसँगको पहिलो टेस्टमा डेब्यूका साथ सानदार दोहोरो शतक प्रहार गरेपछि फाइनलमा स्थान बनाएका थिए । आफ्नो उच्च लयलाई निरन्तरता दिँदै कन्वे टेस्ट च्याम्पियनसिप फाइनलमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने । न्युजिल्यान्डलाई पहिलो इनिङमा बलियो अवस्थामा पुर्याउन कन्वेले १ सय ५३ बलमा ६ चौका सहित ५४ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।
ओपनर टम लाथमसँग कन्वेले ७० रनको साझेदारी गर्दै भारतीय बलरलाई निराश पारेका थिए । दोस्रो इनिङमा पनि कन्वेले ४७ बलमा ४ चौका सहित १९ रन जोड्दै राम्रो सुरुवात दिलाए । कन्वेको सुरुवातले न्युजिल्यान्डले मोमेन्ट पाएको थियो । ब्याटिङको लागि कठिन मानिएको साउथह्याप्टनमा कन्वेले आफ्नो जिम्मेवारी ब्याटिङका साथ उपाधि जिताउन महत्वपूर्ण प्रदर्शन गरे ।
४. टिम साउथी

तीव्र गतिका बलर टिम साउथीले दोस्रो इनिङमा उत्कृष्ट प्रदर्शन गर्दै न्युजिल्यान्डलाई जित नजिक पुर्याएका थिए । साउथीले दोस्रो इनिङमा ओपनर रोहित शर्मा र सुभमन गिललाई आउट गर्दै न्युजिल्यान्डलाई खेलमा हाबी बनाए । रोहित र गिलको विकेटपछि भारतीय अन्य ब्याट्सम्यान धेरै समय क्रिजमा टिक्न सकेनन् ।
तल्लोक्रमका बुमराह र शामीलाई आउट गर्दै दोस्रो इनिङमा ४ विकेट लिएका थिए । पहिलो इनिङमा साउथीले आश्विनको विकेट लिएका थिए । न्युजिल्यान्डका एक सर्वाधिक सफल बलर साउथीको प्रदर्शन उपाधि जित्न महत्वपूर्ण भूमिका खेल्यो ।
३. ट्रेन्ट बोल्ट

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले दुबै इनिङमा महत्वपूर्ण प्रदर्शन गरे । न्युजिल्यान्डका सर्वाधिक सफल बलर मध्यका एक बोल्टले पहिलो इनिङमा भारतका प्रमुख टेस्ट ब्याट्सम्यान पुजारालाई ८ रनमा एलबिडब्लू आउट गरेका थिए । पुजाराको विकेटपछि न्युजिल्यान्डले खेलमा पकड जमाएको थियो । अन्त्य तिरका जडेजालाई पनि आउट गरे ।
बोल्टले छैटौं दिन भारतलाई सस्तैमा रोक्न कठिन समयमा अजिंक्या रहाणे र ऋषभ पन्त जस्ता ठूला विकेट हात पारेका थिए । रहाणे १५ र पन्त ४१ रनमा क्याच आउट भए । पन्त टिक्नु न्युजिल्यान्डको लागि घातक बन्न सक्थ्यो । किनकि पन्तले थोरै ओभरमै खेललाई मोड्न सक्छन् । पन्त, रहाणेसँगै तल्लोक्रमका आश्विनको महत्वपूर्ण विकेट लिएका थिए । यी तीन ब्याट्सम्यान क्रिजमा धेरै समय टिक्नु न्युजिल्यान्डलाई घातक बन्न सक्थ्यो । बोल्टको गति र इन स्वींगले भारतीय ब्याट्सम्यानलाई निरन्तर दबाबमा राख्दै कुनै पनि समय खेलमा हाबी हुन दिएनन् ।
२. काईल जेमिसन

तीव्र गतिका बलर काईल जामिसन न्युजिल्यान्डका सुपर हिरो हुन् । उनको शरीरिको उचाई ६.८ इन्च छ । प्रदर्शन पनि शरीरिको उचाई जस्तै उत्कृष्ट रह्यो । जेमिसनले कुनैपनि समय भारतीय खेलाडीलाई हाबी हुन दिएनन् । पहिलो इनिङमा जेमिसनले ५ र दोस्रो इनिङ २ विकेट लिए । समग्रमा जेमिसनले ७ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए ।
पहिलो इनिङमा जेमिसनले विराट कोहली, रोहित शर्मा, ऋषभ पन्त, ईशान्त शर्मा र जस्प्रित बुमराहको विकेट लिएका थिए । कोहली, रोहित र पन्त भारतीय ब्याटिङका प्रमुख खम्बा मानिन्छन् । रोहित ओपनिङ, कोहली मध्यक्रम र पन्त तल्लोक्रम । यी तीनै ब्याट्सम्यानलाई जेमिसनले आउट गर्दै खेलमा न्युजिल्यान्ड उपाधि सहज बनाएका थिए । दोस्रो इनिङमा जेमिसनले कोहली र पुजारा विकेट लिए । यी दुबै भारतका प्रमुख हतियार हुन् ।
कोहली दुबै इनिङमा जेमिसनको सिकार बने । जेमिसनले कुनैपनि समय भारतीय ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । प्रमुख ब्याट्सम्यानलाई आफ्नो सिकार बनाउँदा सस्तैमा समेटिन पुग्यो । पहिलो इनिङमा अन्त्यतिर महत्वपूर्ण २१ रन जोडेका थिए । भारतविरुद्धनै २०२० फेब्रुअरीमा डेब्यू गरेका जेमिसनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । फाइनलमा पनि त्यसलाई निरन्तरता दिए ।
१. केन विलियम्सन

कप्तान केन विलियम्सन न्युजिल्यान्डका किंग हुन् । उनको कप्तानी र प्रदर्शन दुबै अब्बल रहँदै आएको छ । चतुर दिमाग भएका क्रिकेटका असली जेन्टलम्यान विलियम्सनले आफ्नो कप्तानीसँगै प्रदर्शन पनि उत्कृष्ट गरे । दबाबको खेलमा विलियम्सनले आफ्नो जिम्मेवारी प्रदर्शन गर्दछन् । पहिलो खेलमा विलियम्सनले १ सय ७७ बल खेल्दै ६ चौका सहित ४९ रनको महत्वपूर्ण योगदान दिएका थिए । जुन परिस्थीति अनुसार प्रदर्शन उत्कृष्ट थियो ।
लक्ष्य पछ्याउनेक्रममा विलियम्सन ५२ रनमा अविजित रहँदै उपाधि पक्का गराए । विलियम्सनको फिल्डिङ सजावट, बलिङ परिवर्तन, प्लेइङ–११ र जिम्मेवारी प्रदर्शनको तारिफ सधैं कम हुन्छ । च्याम्पियन बन्न टोली मात्र उत्कृष्ट भएर हुँदैन । टोलीमा असल नेता पनि हुनुपर्छ । जसलाई राम्रोसँग नेतृत्व गर्न सक्नुपर्छ । जुन विलियम्सनले पुन एक पटक सद्ध पार्दै उपाधि जितेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]