4 years ago
June 24, 2021
एजेन्सी – कुनैपनि खेलाडीको सबैभन्दा कठिन क्षण खेल जीवनमा पूर्णविराम लगाउन हुन्छ । आफ्नो अन्तिम खेलमा सबै खेलाडी जित वा उपाधिका साथ यागदार अन्त्य गर्ने हुन्छ । धेरै खेलाडीहरु ठूला प्रतियोगिताबाट आफ्नो विश्राम लिन चाहन्छन् । कसैको पूरा हुन्छ भने कसैको हुँदैन ।

बुधबार राती न्युजिल्यान्डका टेस्ट विकेटकिपर बिजे वाटलिङले उपाधिको साथ आफ्नो सन्न्यास लिए । न्युजिल्यान्डका टेस्टमा सर्वाधिक सफल विकेटकिपर मध्यका एक वाटलिङले बुधबार आइसिसी विश्व टेस्ट च्याम्पियनसिपमा उपाधिका साथ आफ्नो खेलाडी जीवनको यात्रा टुङ्गाएका छन् । न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।
वाटलिङले फाइनल अघिनै सन्न्यासको घोषणा गरेका थिए । फाइनलमा वाटलिङले कुल पाँच क्याच लिएका थिए । पहिलो इनिङमा १ रनमा मोहम्मद शामीको बलमा बोल्ड आउट भएका थिए । वाटलिङले न्युजिल्यान्डबाट ७५ टेष्ट खेलमा ८ शतक र १५ अर्धशतक सहित ३ हजार ७ सय ९० रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन २ सय ५ रन छ ।
दुई वर्षअघि इंग्ल्यान्डविरुद्ध उक्त इनिङ खेल्दै न्युजिल्यान्डबाट टेस्ट क्रिकेटमा विकेटकिपरको रुपमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए । वाटलिङ न्युजिल्यान्डबाट टेस्टमा सर्वाधिमा रन बनाउने खेलाडी हुन् । वाटलिङले २ सय ५७ क्याच आउट र ८ स्टम्पिङ गरेका छन् । वाटलिङले सन् २००९ मा दुबईमा पाकिस्तानविरुद्ध टेस्टमा डेब्यू गरेका थिए । वाटलिङले २८ ओडिआई र ५ टि२० आई खेल खेलेका छन् ।

वाटलिङको जन्म दक्षिण अफ्रिकामा सन् १९८५ मा भएको हो । वाटलिङ १० वर्षको हुँदा उनको परिवार न्युजिल्यान्डमा बसाई सरेको थियो । त्यसपछि स्कुल, घरेलु हुँदै न्युजिल्यान्डबाट खेलेका थिए । टेस्टमा पहिलो रोजाईमा खेलेपनि सिमित ओभरमा भने खासै मौका पाउन सकेनन् ।
फाइनलपछि भावुक अनि हर्षित देखिएका वाटलिङले यो टोलीको मिहिनेतले सम्भव भएको बताएका थिए । वाटलिङले सबैलाई धन्यावाद दिएका छन् । ‘म घर परिवारलाई धन्यावाद दिन चाहँन्छु । मेरो आमाले मलाई निकै कठिन समयमा मद्दत र साथ दिनु भएको छ । मेरो श्रीमती जेस, दुई छोराहरु मिलर र हडसन । उनीसँग म धेरै समय देखि भेट भएको छैन । म यो उच्च उपाधिका साथ समाप्त गर्न पाउँदा अत्याधिक खुसी छु’, उनले फाइनलपछि भने । तीव्र गतिका बलर टिम साउथीले वाटलिङले टोलीलाई सबथोक दिएको बताएका थिए ।

न्युजिल्यान्डले अन्तिम दिन मैदान प्रवेश गर्नुअघि वाटलिङलाई विशेष सम्मान दिएको थियो । पहिला मैदान प्रवेश गराउँदै सबै खेलाडीले तालिले सम्मान दिएका थिए । त्यो भन्दा बढी सम्मान उपाधिका साथ बिदाई गरेका छन् । थुप्रै महान खेलाडीले बिदाई खेल समेत पाउँदैनन् । त्यसमा अझ उपाधिको साथ बिदाई संयोग र दुर्लभै हुने गर्दछ । वाटलिङले पनि आफ्नो सपना जस्तै उपाधिका साथ ड्रिम बिदाई पाएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]