default_image

4 years ago

June 24, 2021

नेपालको स्पेन भ्रमण स्थगित

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच जुलाई तेस्रो साता स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले स्थगित भएको जनाएको छ । नामिबिया टोली कोरोना कारण प्रभावित भएको छ । जसको असर अभ्यास र यातायातमा कठिन भएपछि स्थगित हुन पुगेको हो । अब यो सिरिज जुलाई २०२२ मा हुने आइसीसीले जनाएको छ । नेपालले शुक्रबार २० सदस्य टोली घोषणा गरेको थियो । मंगलबारबाट नेपालले बन्द प्रशिक्षण थालेको थियो ।

स्कटल्यान्डमा हुनुपर्ने उक्त सिरिज कोरोना महामारीको कारण स्पेनमा हुने बताइएको थियो । फुटबलको लागि विश्व प्रख्यात स्पेनन को डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानलाई आइसिसीले गत अप्रिलमा ओडिआई मान्यता दिएको थियो । जुन मैदानमा इंग्ल्यान्डका चर्चित काउन्टी क्लबहरु डर्बीशायर, लन्काशायर र सोमरसेट अभ्यास समेत गर्ने गर्दछन् ।

विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज १८ महिनापछि हुन लागेको थियो। पछिल्लो पटक २०२० फेब्रुअरीमा विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज टियुमा सम्पन्न भएको थियो । त्यसपछि विश्वकप लिग-२ का खेलहरु कोरोना महामारीको कारण हुन सेकेको थिएन । एकदिवसिय विश्वकप २०२३ छनोट अन्तर्गत विश्वकप लिग-२ मा सात देश र विश्वकप सुपर लिगमा १२ टेष्ट टोली र नेदरल्यान्ड्स गरि कुल १३ देशले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग-२ मा डेब्यू गरेको थियो । नेपाल सहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

विश्वकप सुपर लिगमा १२ टेष्ट र नेदरल्यान्ड्स गरि १३ टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् । भारत आयोजक देश हुँदा स्वत: छनोट भएको छ । अन्य शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाउने छन् । बाँकी पाँच टोलीले ग्लोबल छनोटमा झर्नेछन् । १० टोलीबीच हुने ग्लोबल छनोटमा शीर्ष दुई टोलीले एकदिवसिय विश्वकप खेल्ने अवसर पाउने छन् ।

विश्वकप लिग २ अंक तालिका

नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । संयुक्त अरव इमिरेट्स (युएई) ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्द हुन पुगेको थियो । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.