default_image

4 years ago

June 25, 2021

इंग्ल्यान्डलाई एक खेल अगावै सिरिज

123 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले श्रीलंकाविरुद्ध तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । बिहिबार राती सम्पन्न दोस्रो खेलमा श्रीलंकालाई ५ विकेटले हराउँदै सिरिज जितेको हो ।

वर्षाको कारण इंग्ल्यान्डले १८ ओभरमा जितको लागि १ सय ३ रनको विजयी लक्ष्य पाएको थियो । उक्त लक्ष्य इंग्ल्यान्डले १६.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो । इंग्ल्यान्डका साम करण ८ बलमा १ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे । लियाम लिभिङस्टोन २६ बलमा १ छक्का सहित २९ रनमा अविजित रहे ।

साम विलिंग्स २४, कप्तान ओईन मोर्गन ११, डेविड मलान ४, जोनी बेयरस्टो शून्य र जेसन रोय १७ रनमा आउट भए । श्रीलंका स्पिनर वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए । ईसुरु उडाना, बिनुरा फ्रेनान्डो र दुशमन्था चमिराले १–१ विकेट लिए ।

त्यसअघि कार्डीफमा टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ११ रन बनाएको थियो । श्रीलंका उपकप्तान कुशल मेन्डिसले ३९ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३९ रन बनाए । कप्तान कुशल पेरेराले २५ बलमा २१ रन जोडे । तल्लोक्रममा ईसुरु उडाना १४ बलमा १ चौका र १ छक्का सहित १९ रनमा अविजित रहे ।

अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । इंग्ल्यान्डका स्पिनर आदिल राशिद र तीव्र गतिका बलर मार्कवुडले २–२ विकेट लिए । साम करण र क्रिस जोर्डनको नाममा १–१ विकेट रह्यो । पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । अन्तिम टि२० आई खेल शनिवार हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.